back
CTIZAN AD

ज्यान मार्ने उद्योगमा सोरु गाउपालिकाका स्टोर किपर सिँह पक्राउ

वि.सं.२०७७ साउन ४ आइतवार

717 

shares

४ साउन, काठमाडौँ । सोरु गाउँपालिकाका खरिदार तथा स्टोर किपर ईश्वरबहादुर सिह शनिबार पक्राउ परेका छन ।

ज्यान मार्ने उद्योगमा जिल्ला अदालतले सिँहलाई पक्राउ पूर्जी जारी गरेपछि सोरुकोट प्रहरी चौकीले गाउँपालिका बाटै पक्राउ गरेको छ ।

सोरु गाउँपालिकाबाट सरुवा भई गएका प्रमुख प्रशासकिय अधिकृत पशुराम उपाध्यायले सिहलाई ज्यान मार्ने उद्योगमा किटानी जहेर दिएपछि एकबर्ष पछि सिहलाई पक्राउ गरिएको छ ।

गत असोज पशुरामलाई सोरु गाउपालिकाको सिप गाउँमा केही ब्यक्तिले आक्रमण गरि शक्त घाइते बनाएपछि उनले सिहबिरुद्ध ज्यान मार्ने उद्योगको किटानी जाहेर दिएका थिए ।

अदालतको आदेश अनुसार ज्यान मार्ने उद्योगमा अभियोग लागेका सिहलाई शनिबार पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक भूवनेश्वर प्रसाद शाहले बताए ।

‘प्रहरी पक्राउ गरि ल्याएका स्टोर किपर सिहलाई हाम्रो रोबहरमा छोडनुस् भनेर निमित्त प्रमुख प्रशासकिय अधिकृत बीरेन्द्र शाही लगायत धेरै जना ब्यक्ति म कहाँ आएका थिए तर मैले रोबहरमा छोडन सकिदैन भनेर थुनामा राखेको हुँ ।’ शाहले जानकारी दिए ।
आइतबार सिहलाई जिल्ला अदालत बुझाउने जिल्ला प्रहरी कार्यालय जनाएको छ ।

यो गाउपालिकाबाट सरुवा भई गएका पशुराम उपाध्यायले स्टोर किपर सिहलाई ज्यान मार्ने उद्योगमा किटानी जाहेर मुद्दा दर्ता गएको हुदा सोही आरोप सिह पक्राउ परेको गाउपालिका प्रमुख लोकबहादुर शाहीको भनाई छ ।
पक्राउ गरिएका सिहलाई अदालतमा बुझाउने उनको भनाई छ । सिह डोटी जिल्लामा गाविस सचिव हुँदा सामाजिक सुरक्षा रकम दुरपयोग गरेको आरोपमा अख्तियार बाट कारबाही समेत भोगेका थिए ।

सोरु गाउपालिकामा ७ करोड फ्रिज
सोरु गाउँपालिकामा कर्मचारी र जनप्रतितिधिको लापरबाहीका कारणले ७ करोड बजेट फ्रिज गएको छ ।

समयमा बिकास निर्माणका काम संचालन नहुँनु र पालिका अध्यक्ष र कर्मचारीबीच आरोप प्रत्यारोप जस्ता कारणले बजेट फ्रिज गएको पाइएको छ ।

बिकास निर्माण तर्फको ७ करोड बजेट फ्रिज गएपछि उपभोक्ता मर्कामा र आयोजना अलपत्र परेका छन् । रकम झिक्न पालिकामा पुगेका उपभोक्ता समितिका पदाधिकारी निन्याउरो मुख लगाएर घर फर्किन बाध्य भएका छन ।

समयमा काम गर्न नसक्दा बजेट फ्रिज गएको पालिका प्रमुख लोकबहादुर शाहीको भनाई छ ।

असार समान्तमै अधिकृत फेरबदल
असार मसान्तको बेला सोरु गाउपालिकामा प्रमुख प्रशासकिय अधिकृत फेरबदल हुँदा त्यसको असर बिकास बजेटतर्फ परेको छ ।
असार मसान्तकै बेला संघीय मामिला तथा स्थानीय मन्त्रालयले धान्ने बुढालाई हटाएर सोही गाउँपालिकाका बिनिलाई अधिकृतको जिम्मेवारी दिएपछि बिकास बजेट खर्चिन मुश्किल परेको छ ।

सोरु गाउँपालिकामा दिनुदिन घटना हुन थालेका छन् । भ्रष्टचारको आरोप खेप्दै आएको सोरु गाउँपालिकामा असारमा प्रमुख प्रशासकिय अधिकृत फेरबदल हुनु अप्रत्यासित रुपमा ७ करोड बजेट फ्रिज, जानु असार मसान्त नबित्दै गाउपालिका स्टोर किपर सिह पक्राउ पर्नु जस्ता कारणले गाउपालिका छबि प्रतिदिन गिर्दै गएको छ ।

बिकास खाने प्रबृति
जिल्लाको चारबाट स्थानीयतह मध्ये सोरु गाउँपालिकामा बिकास बजेट खान हानथाप गर्ने गरेका छन् ।

पूर्बाधार निर्माण आय आर्जन क्षमता बिकासको लागि सरकारी क्षेत्र बाट बिनियोजन भई गाउपालिकामा आएको बजेट टाठाबाडाले काममै नगरी खान थालेपछि विकासका काम ओझेलमा पर्न थालेका छन् ।

सोरु गाउँपालिकाका टाठाबाठाहरुले गरिब ब्यक्तिलाई उपभोक्ता समितिमा राखेर बजेट आफू खाने प्रबृति मौलाउदै गएको छ ।

काममैै नगरि बजेट खान थालेपछि सोरु गाउपालिकाको बिकास निर्माणले फड्को मार्न सकेको छैन । एउटै योजनाको नाममा दोहोरयाई तेहरयाई बजेट खर्च गर्ने र त्यसको उपलब्धी न्यून देखिन थालेको छ ।

 

वि.सं.२०७७ साउन ४ आइतवार १२:१७ मा प्रकाशित

भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

काठमाडौँ । आराध्यदेव श्री पशुपतिनाथको मूर्तिमा श्रीयन्त्रको पूजा आराधना प्रयोजनका...

सुकुमवासीको समस्या तत्काल समाधान गर्न आग्रह

सुकुमवासीको समस्या तत्काल समाधान गर्न आग्रह

काठमाडौँ । सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र सार्वजनिक...

प्रतिनिधिसभाः असार अगावै कृषि क्षेत्रका समस्या समाधान गर्न सांसदको माग

प्रतिनिधिसभाः असार अगावै कृषि क्षेत्रका समस्या समाधान गर्न सांसदको माग

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले असार आउन लागिसके पनि कृषि क्षेत्रका...

प्रतिनिधिसभाः यार्सा खोज्ने क्रममा लेक लागेर बिरामी परेका युवाको उद्धार गर्न माग

प्रतिनिधिसभाः यार्सा खोज्ने क्रममा लेक लागेर बिरामी परेका युवाको उद्धार गर्न माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद...

दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

मुस्ताङ । चालु आर्थिक वर्ष २०८२÷८३ को दश महिनामा पाँच...