
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक फेरि स्थगित भएको छ । आइतबार दिउसो ३ बजे बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको हो । बैठक आगामी मंगलबारको लागि बोलाइएको छ ।
‘आज ३ः०० बजे हुने भनिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक साउन ६ गते ११ बजे प्रधानमन्त्री निवास, बालुवाटारमा बस्ने गरी स्थगित भएको व्यहोरा जानकारी गराईन्छ’ नेकपा केन्द्रीय कार्यालयद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।
गत असार १० देखि सुरु नेकपाको स्थायी समिति बैठक पार्टी विवादका कारण पटक–पटक स्थगित हुँदै आएको छ । पार्टी अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागिएसँगै नेकपामा विवाद चुलिएको थियो ।
वैवादकै कारण गत असार १८ देखि स्थायी समिति बैठक बस्न सकेको छैन् । सहमतीका लागि भन्दै बैठक अन्तिम समय स्थगित हुँदै आएको छ । यसअघि मिति तोकेर असार २०, २२, २४ र साउन २ मा बैठक स्थगित भएको थियो ।