४ साउन, काठमाडौँ । सुनको भाउ दिन प्रतिदिन बढिरहेको छ । शुक्रबार ९२ हजार २०० रुपैयाँमा मा कारोबार भएको छापावाल सुनको भाउ आज पुनः बढेर ९२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको भाउ प्रतितोला ९२ हजार ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी शुक्रबार प्रतितोला ९९५ मा कारोबार भएको चाँदीको भाउ पनि १० रुपैयाँले बढेर आज १ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ ।

वि.सं.२०७७ साउन ४ आइतवार १३:२८ मा प्रकाशित






























