back
CTIZAN AD

पोस्टपेड सिममा टेलिकमको अफरै अफर, घट्याे सिमकाे मुल्य पनि

वि.सं.२०७७ साउन ४ आइतवार

1.1K 

shares

काठमाडौं । अब पाँच सय रुपैयाँमै नेपाल टेलिकमको पोस्टपेड सिमकार्ड खरिद गर्न सकिने भएको छ । नेपाल सरकारले गरेको निर्णय लागु गराउने उद्देश्यका साथ साउन १ गतेबाट लागु हुने गरी पोस्टपेडको स्वामित्व शूल्क परिमार्जन गरिएको हो ।

सरकारले चालु आर्थिक वर्षको बजेट वक्तव्यमार्फत प्रत्येक नयाँ सिमकार्ड र रिचार्ज कार्ड खरिदमा दुई प्रतिशत स्वामित्व शूल्क लागु गर्ने निर्णय गरेको थियो । अब रिचार्ज कार्ड र सिमकार्ड दुवैमा स्वामित्व शूल्क लाग्ने भएपछि टेलिकमले पोस्टपेड सिम खरिद गर्दा लाग्दै आइरहेको यस अघिको शूल्क पाँच सय रुपैयाँमा झारेको हो ।

नयाँ निर्णयअनुसार यस अघि नौ सय ४५ रुपैयाँ रहेको पोस्टपेड सिमकार्डको मूल्य घटेर पाँच सय कायम भएको हो । पाँच सय रुपैयाँमा खरिद गरिने पोस्टपेड मोबाइलमा चार सय ६० रुपैयाँ क्रेडिट लिमिट रहने कम्पनीले जनाएको छ ।

तर, परिमार्जित नियमअनुसार पोस्टपेड मोबाइलको शूल्क जुनसुकै माध्यम (रिचार्ज कार्ड, एमपोस, बैंक, कम्पनीको काउन्टर, स्मार्ट कार्ड आदि) बाट भुक्तानी गर्दा अब दुई प्रतिशत स्वामित्व शूल्क लाग्नेछ । यसको अर्थ सय रुपैयाँको रिचार्ज गर्दा हाल जस्तो सय रुपैयाँ नै नभएर अब ९८ रुपैयाँमात्रै व्यालेन्स उपलब्ध हुनेछ ।

कम्पनीले पोस्टपेड मोबाइलमार्फत प्रदान गरिने विभिन्न सुविधाहरुलाई थप ग्राहकमैत्री बनाउनका लागि एक महिना समयावधी भएका विभिन्न नयाँ प्याक समेत सार्वजनिक गरेको छ । जस अन्तर्गत तीन सय ८४ रुपैयाँमा बेसिक प्याक, सात सय ४९ रुपैयाँमा प्रिमियम प्याक, नौं सय ९९ रुपैयाँमा गोल्ड प्याक, १४ सय ९९ रुपैयाँमा डायमन्ड प्याक र २४ सय ९९ रुपैयाँमा प्लाटिनम प्याक खरिद गर्न सकिने छ ।

वि.सं.२०७७ साउन ४ आइतवार १३:४० मा प्रकाशित

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

काठमाडौं। नेपालको सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्तिको अभावलाई सम्बोधन गर्दै...

ग्यालेक्सी एस २६ प्लसमा रु २३ हजारको क्यास ब्याक अफर

ग्यालेक्सी एस २६ प्लसमा रु २३ हजारको क्यास ब्याक अफर

काठमाडौँ । सामसङ नेपालले ग्यालेक्सी एस २६ प्लसले सीमित अवधिका...

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

काठमाडौँ । एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्ड...

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

काठमाडौँ । नबिल बैंक लिमिटेडले लगानी सेवालाई अझ सहज, सुरक्षित...

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५ गाजनेमा जिल्लामै पहिलो पटक व्यावसायिक...

जीवन बीमा कम्पनीहरूको कमिसन खर्च १२ प्रतिशतले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ

जीवन बीमा कम्पनीहरूको कमिसन खर्च १२ प्रतिशतले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ

काठमाडौँ । चालू आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्ममा नेपालमा...