
५ साउन, काठमाण्डौं । पछिल्लो केही दिनमा देशैभरी वर्षा भइरहेको छ ।
वर्षाका कारण गएको बाढी पहिरोले देशका विभिन्न जिल्लामा मानविय तथा भौतिक क्षति पनि गराइरहेको छ । हाल देशका अधिकांश भू–भागमा पश्चिीमी/दक्षिणी पश्तिमी वायुको प्रभाव रहेको छ ।
आज नारायणी नदीमा बहाव बढ्ने हुनाले तटीय क्षेत्रमा उच्च शतर्कता अपनाउन नेपाल बाढी सूचनाले अनुरोध गरेको छ ।
त्यस्तै आज कन्काई, कोशी, कमला, बाग्मती, तिनाहुँ, बबई र पश्चिम राप्तिका केही सहायक नदीमा बहाब बढ्ने नेपाली बाढी सूचनाले जानकारी दिएको छ ।