back
CTIZAN AD

विद्युत प्राधिकरण युनियनद्वारा गम्भिर ध्यानाकर्षण भएको जानकारी

वि.सं.२०७७ साउन ५ सोमवार

897 

shares

५ साउन, काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको आधिकारीक ट्रेड युनियन, राष्ट्रिय कर्मचारी युनियनले एकैसाथ विज्ञापन भएको एउटाको नतिजा सार्वजनिक गरिएको तर अर्कोको नभएको विषयमा आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

यस विषयमा प्राधिकरणका कार्यकारी निर्देशकको ध्यानाकर्षण गराउँदै २०७६/०३/१३ र २०७६/११/०२ मा भएका खुल्ला तथा बढुवाका विज्ञापनहरु मध्ये बढुवा तर्फको नतिजा सार्वजनिक भैसकेको तर एकैपटक प्रकाशित विज्ञापन मध्ये खुल्ला तथा अन्तरिक प्रतियोगिता तर्फको नतिजा हालसम्म पनि सार्वजनिक नभएकोमा आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाइएको छ ।

युनियनका सयोजक रामेश्वर प्रसाद पौडेलद्वारा जारी ध्यानाकर्षण पत्रमा यसअघि युनियन र व्यवस्थापन बीच भएको सम्झौताका केही विषयहरु हालसम्म पनि कार्यान्वयन हुन नसकेको स्मरण गराउँदै शिघ्र सम्बोधनको माग समेत गरिएको छ ।

नेपाल विद्युत प्राधिकरण कर्मचारी संघ र नेपाल विद्युत प्राधिकरण कर्मचारी कल्याण परिषद्लाई समेत बोधार्थ जानकारी गराइएको सो पत्रमा हाल कोभिड १९ का कारण केही कर्मचारीहरुले आफ्नो कार्यालयमा उपस्थित हुन नसकी तोकिएको समयमा कार्य सम्पादन मुल्यांकन फारम बुझाउन कठिनाइ हुँदा हाल हाजिरी गरिरहेको कार्यालयमार्फत कार्य सम्पादन मुल्यांकन फारम बुझिदिने व्यवस्था मिलाउन समेत ध्यानाकर्षण गराइएको छ ।

वि.सं.२०७७ साउन ५ सोमवार ०८:५९ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...