काठमाडौं । सत्तारुढ नेकपाका नेता जनार्दन शर्मा ‘प्रभाकर’ले पार्टी एकताको पक्षमा दृढतापूर्वक उभिन नेता तथा कार्यकर्तालाई अपिल गरेका छन् । उनले पार्टी एकता विथोल्ने गरि भएका दस्प्रचारको भ्रममा नपर्न पनि सबैमा अनुरोध गरेका छन् ।
सोमबार बिहानै सामाजिक सञ्जाल ट्विटरमार्फत एकताको अपिल गर्दै उनले उनले भनको छन्, ‘पार्टी एकताबाट मर्माहत प्रबृत्ति । पार्टी एकता बच्लाकी भन्ने आतंकबाट उद्देलित भएर दुस्प्रचार गरिरहेको कुराप्रती भ्रम नपरी पार्टी एकताको पक्षमा दृढतापुर्वक उभिन अपिल गर्दछु ।’
शर्माले आफुँ पार्टी एकता र कम्युनिष्ट आन्दोलनलाई जोगाउन कुनै पद प्राप्तिको लोभ बिना लागेको पनि प्रष्ट पारेका छन् । ‘कुनै पद प्राप्तिको लोभ बिना पार्टी आन्दोलनको रक्षा गर्न दृढतापुर्वक लागेको कुरा प्रष्ट पार्दछु’, उनले भनेका छन् ।
पार्टी एकताबाट मर्माहत प्रबृत्ति । पार्टी एकता बच्लाकी भन्ने आतंकबाट उद्देलित भएर दुस्प्रचार गरिरहेको कुराप्रती भ्रम नपरी पार्टी एकताको पक्षमा दृढतापुर्वक उभिन अपिल गर्दछु । कुनै पद प्राप्तिको लोभ बिना पार्टी आन्दोलनको रक्षा गर्न दृढतापुर्वक लागेको कुरा प्रष्ट पार्दछु ।।
— Janardan Sharma (@JSPrabhakar) July 20, 2020
नेकपा स्थायी समिति बैठकको बीचमा बहुमत स्थायी समिति सदस्यले प्रधानमन्त्री एंव पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागेसँगै नेकपाभित्र आन्तरिक विवाद बढ्दै गएको छ । विवादकै कारण गत असार १० देखि सुरु भएको स्थायी समिति बैठक पटक–पटक स्थगित हुँदै अनिश्चित जस्तो बन्दै गएको छ ।
पार्टी विवाद बढ्दै जाँदा नेकपा विभाजन उन्मुख भएको भन्ने चर्चा सामाजिक सञ्जाल र मिडियामा व्याप्त छ । नेकपाकै कतिपयले नेताहरुले पनि पार्टी विभाजन उन्मुख रहेको बताईरहेका छन् ।
वि.सं.२०७७ साउन ५ सोमवार १२:०९ मा प्रकाशित






























