back
CTIZAN AD

पूर्वमाओवादी समुहको भेला : नेपाल र खनाल पक्षलाई विश्वासमा लिएर अगाडि बढ्न प्रचण्डलाई नेताहरूको सुझाव

वि.सं.२०७७ साउन ५ सोमवार

795 

shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू निकटका स्थायी कमिटी सदस्यहरुसँग छलफल गरेका छन् । आफ्नै समुहका नेताहरु नै आफुँप्रति सशंकित देखिन थालेपछि उनले आफ्नै निवास बोलाएर छलफल गरेका हुन् ।

जनाएअनुसार खुमलटारको छलफलमा पूर्वमाओवादीका नेताहरु जनार्दन शर्मा, देवेन्द्र पौडेल, पम्फा भुसाल, हरिबोल गजुरेललगायत सहभागी थिए । सोमबार बिहानदेखि सुरु छलफल भर्खरै सकिएको छलफलमा सहभागी एक नेताले जानकारी दिए ।

उनका अनुसार पार्टी विवाद समाधानका लागि पछिल्लो समय भएका सहमतीबारे प्रचण्डले नेताहरुलाई बिफ्रिङ्ग गरेका थिए । उनले अर्का अध्यक्ष केपी शर्मा ओलीसँग मंसिरमै महाधिवेशन गर्ने प्रस्तावमाथि भएको सहमतीबारे पनि नेताहरुलाई जानकारी गराएका थिए ।

छलफलमा सहभागि नेताका अनुसार सहभागी नेताहरुले प्रचण्डलाई पार्टी एकताबाट बाहिर नजाने गरि सहमती खोज्न सुझाएका छन् । उनका अनुसार नेताहरुले नेपाल–खनाल पक्षलाई विश्वासमा लिएर अगाडि बढ्न सुझाव दिएका थिए ।

छलफलमा सहभागि नेताका अनुसार सहभागी नेताहरुले प्रचण्डलाई पार्टी एकताबाट बाहिर नजाने गरि सहमती खोज्न सुझाएका छन् । उनका अनुसार नेताहरुले नेपाल–खनाल पक्षलाई विश्वासमा लिएर अगाडि बढ्न सुझाव दिएका थिए ।

शनिबार बसेको सचिवालय बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी मंसिरमै महाधिवेशन गर्ने प्रस्तावमाथि प्रचण्डले सहमती जनाएसँगै पार्टीभित्र उनको आलोचना भएको थियो । ओलीको प्रस्तावमा अचानक प्रचण्डको सहमती देखिएसँगै उनी निकटका नेताहरु सशंकितसमेत भएका थिए ।

प्रचण्डले आइतवार बिहान मात्रै वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत स्थायी कमिटी सदस्यहरुसँग मंसिरमा महाधिवेशन प्रस्तावमा आफू सहमत नभएको स्पष्टिकरण दिएका थिए। आइतवार नै उनले प्रधानमन्त्री ओलीसँग दुई घण्टा बिताएका थिए।

वि.सं.२०७७ साउन ५ सोमवार १३:०० मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...