-->
Logo
१४ असार २०७९, मंगलवार
     Tue Jun 28 2022
E-paper
  English Edition
   Unicode
Logo

वलिवुडका चर्चित नायक/नायिका दीपीका र प्रभासको नयाँ फिल्म आउँदै



वलिवुडकी चर्चित नायिका दिपीका पादुकोण र साउथ फिल्मका चर्चित नायक प्रभास पहिलोपटक एकैसाथ नयाँ फिल्ममा देखिँदै छन् ।फिल्म छपाक र ‘८३’ पछि दिपीका पादुकोण अब नयाँ फिल्ममा देखिने भएकी हुन् । उक्त फिल्ममा बाहुबली नायक प्रभास पनि सँगै देखिने भएका छन् ।

नाग अश्विनको उक्त फिल्म साइन्स फिक्सन फिल्म वल्र्ड वार ३ को स्टोरीमा आधारीत फिल्ममा दुवै चर्चित नायक नायिक पहिलोपटक सँगै देखिन लागेको बताईएको छ ।

साउथ फिल्मको चर्चित प्रोडक्सन हाउस वीवाजयन्ती मुभिजले आफ्नो ५० औं वर्ष पूरा गर्न लागेको अवसरमा दुई चर्चित सुपरस्टारलाई लिएर फिल्म बनाउन लागेको घोषणा गरेका हो । उक्त फिल्म आगामी अप्रिल २०२१ बाट सुटिङ गरिने बताइएको छ ।

यसका लागि दीपिका पनि राजी भएको बताइएको छ । वीवाजयन्तीले उक्त कुराको घोषणा आफ्नो ट्विटरमार्फत् गरेको हो । ट्विटरमा उक्त प्रोडक्सन हाउसले दीपीकालाई स्वागत गरेको छ ।

त्यस्तै दीपीकाले पनि प्रभासँग पहिलोपटक आफूले काम गर्न लागेको जानकारी दिँदै खुसी व्यक्त गरेकी छन् । उनले पनि ट्विटरमै जवाफ दिँदै भनेकी छन्, ‘अत्यन्तै खुसी लागेको छ । मैले सोचेकी छु कि, यो उद्भुत यात्रा हुनेछ ।’

उक्त फिल्म हिँदी, तेलुगू र तमिल भाषामा रिलिज हुने बताइएको छ । दीपीका तेलगू फिल्मका लागि सबैभन्दा बढी पारीश्रमिक लिने नायिका बन्ने समेत जनाइएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले मंगलबार नयाँ पार्टीको

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा