back
CTIZAN AD

प्रचण्डको नेताहरुलाई ब्रिफिङ्ग : मंसिरमै महाधिवेशन गर्ने विषयमा सहमती भएको छैन

वि.सं.२०७७ साउन ५ सोमवार

753 

shares

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंसिरमै महाधिवेशन गर्ने अर्का अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा सहमती भईनसकेको बताएका छन् । उनले पार्टीभित्र अन्य मुद्दाहरु मुख्य रहेकोले महाधिवेशनको विषयमा पछि छलफल गरिने बताए ।

पूर्वमाओवादी खेमाका नेताहरुलाई आइतबार आफ्नै निवासमा ब्रिफिङ्ग गर्दै उनले पार्टीभित्रका मुख्य मुद्दामा छलफल केन्द्रीत गरिने गरि छलफल अघि बढाएको बताए । ‘महाधिवेशनको विषय प्रस्तावित हो, त्यसमा कुनै टुंगो भईसकेको छैन्, पार्टीभित्र मुख्य मुद्दा अरु छन्, अहिलेको यो स्थायी समिति बैठकलाई चाहिँ जनताका समस्यामाथि केन्द्रीत गरेर बहस गरेर टुंग्याउँ’, प्रचण्डलाई उद्धत गर्दै छलफलमा सहभागी एक नेताले भने ।

महाधिवेशन या अरु पार्टीका मुद्दामा प्रचण्डले पछि छलफल गरौं भन्ने प्रस्ताव ओलीलाई राखेको कुरा नेताहरुलाई ब्रिफिङ्ग गरेका थिए । प्रचण्डले माधव नेपाल या झलनाथ खनाल पक्षलाई छोडेर सहमती नखोजीने पनि बताएको छलफलमा सहभागी एक नेताले बताए ।

पूर्वमाओवादी खेमाका नेताहरुले प्रचण्डलाई पार्टी एकता कायम गर्ने गरि बहस गर्न सुझाएका थिए । नेताहरुले पदको निमित्त मात्रै छलफल नगर्न र जनताका मुद्दाहरुलाई अगाडि राख्न आग्रह गरेको कुरा छलफलमा सहभागी नेताले बताए ।

‘पार्टी एकता कायम हुनुपर्छ, पार्टीभित्रको बहस खाली पदको विषयमा मात्रै जानुहुन्न, जनताका समस्याहरु धेरै छन्, शान्ति प्रक्रियाका बाँकी काम पनि छन्, कोरोनाले निम्त्याएको संकट छ, यसबीच बाढि पहिरोले समस्या पारेको छ, बहसलाई त्यता तिर लैजाऔं भन्यौं’, उनले भने, ‘खाली पद लिनदेनमा मात्रै जाँदा जनतालाई राम्रो भएन भन्ने सुझाव दियौं ।’

शनिबार बसेको सचिवालय बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी मंसिरमै महाधिवेशन गर्ने प्रस्तावमाथि प्रचण्डले सहमती जनाएसँगै उनी निकटका नेताहरु सशंकित बनेका थिए । प्रचण्डको सहमतीप्रति पूर्वमाओवादी खेमाका नेताहरुले प्रश्न उठाएका थिए । पूर्वमाआवोदी खेमाका नेताहरु सशंकित भएसँगै उनले सोमबार आफ्नै निवास बोलाएर ब्रिफिङ्ग गरेका हुन् ।

यसअघि आइतबार मात्रै उनले वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत स्थायी कमिटी सदस्यहरुसँग मंसिरमा महाधिवेशन प्रस्तावमा आफू सहमत नभएको स्पष्टिकरण दिएका थिए ।

वि.सं.२०७७ साउन ५ सोमवार १५:०६ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...