back
CTIZAN AD

दोस्रो टेस्टमा इंल्याण्ड ११३ रनले विजयी

वि.सं.२०७७ साउन ६ मंगलवार

747 

shares

६ साउन, काठमाडौँ । इंल्याण्ड र वेस्टइंडिज बिचको दोस्रो टेस्टमा इंल्याण्ड ११३ रनले विजयी भएको छ । पहिले टस हारेर ब्याटिङ्ग गरेको इंल्याण्डले १६२ ओभर खेल्दैँ ९ विकेट गुमाएर ४६९ रन बनाउदा पहिलो इंनिङ्ग समाप्त गरेको थियो ।

पहिलो इंनिङ्गमा इंल्याण्डका लागि वेन स्टोक्सले १७६ रन बनाएका थिए भने इंल्याण्डकै अर्का खेलाडी डोमिनिक सिब्लीले १२० रन बनाएका थिए । वेस्टइंडिजका बलर रोस्टन चेसले पहिलो इंनिङ्ग सर्वाधिक ५ विकेट हात पारेका थिए ।

वेस्टइंडिज आफ्नो पहिलो इंनिङ्गमा २८७ रनमा सबै विकेट गुमाउन पुग्यो । वेस्टइंडिजका लागि पहिलो इंनिङ्गमा शमराह ब्रूक्सले सर्वाधिक ६८ रन बनाएका थिए । इंल्याण्डका लागि बलिङ्गमा क्रिस वोक्स र स्टुअर्ट ब्रडले ३-३ विकेट हात पारेका थिए ।

पहिलो इंनिङ्गमा १८२ रनले अगाडी रहेको इंल्याण्डले आफ्नो दोस्रो इंनिङ्गमा १२९ रनमा घोषण गरेको थियो। इंल्याण्डले दिएको ३११ रनको लक्ष्य वेस्टइंडिले पुरा गर्न सकेन । वेस्टइंडिज आफ्नो दोस्रो इंनिङ्गमा १९८ रनमै अलआउट हुन पुग्यो ।

वेस्टइंडिज अलआउट भएसँगै इंल्याण्डले दोस्रो टेस्ट ११३ रनले जित निकाल्दैँ ३ खेलको टेस्ट श्रृखलामा १-१ को बराबरी गरेको छ ।

वि.सं.२०७७ साउन ६ मंगलवार १०:०६ मा प्रकाशित

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

काठमाडौँ । वर्तमान सरकारको नेतृत्व गरेपछि विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्तालाई...

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

दमौली (तनहुँ) । कृषि विकास कार्यालय, तनहुँले सुन्तलाको उत्पादन वृद्धि...

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...