२१ जुलाई, भ्यालेट्टा माल्टा । माल्टाका कार्यरत तथा बसोवास गर्दै आएका मोरंग र सुनसरीवासीहरुको एक भेलाले १८ जुलाई २०२० का दिन मोरंगसुनसरी सेवा समाज माल्टा शाखाको गठन गरेको छ ।
सो भेलाले ११ सदस्यिय तदर्थ समिति र ३ सदस्यिय सल्लाहकार समिति गठन गरेको हो । समितिको संयोजकमा तेज बहादुर माझी, उपसंयोजकमा चन्द्रकला राई, सचिवमा सुवास तिम्सिना, सहचिवमा सरिन कट्वाल, कोषाध्यक्षमा सुजना खड्का र सदस्यहरुमा क्रमशः रोशन निरौला, जोननाथन मगर, अनु कडरियया, मंजिल केसी, मनिस गुरुंग र अस्मित रिजाल रहेका छन् ।
सोहि भेलाले निरज ढकालको संयोजकत्वमा शंकर राय र आकाश राजवंशी सल्ल्लाहकार रहने गरि सल्लाहरकार समिति समेत चयन गरेको छ ।
मोरंगसुनसरी सेवा समाज नेपालको सामाजिक संघसंस्था ऐन वमोजिम स्थापित र नेपाल सरकारवाट मान्यता प्राप्त सामाजिक संस्था हो । यसलाई छोटकरीमा मोसु भनिन्छ । जिल्ला प्रशासन कार्यालय मोरंगमा दर्ता नं २६९४.२०६८ प्राप्तगरि आधिकारिक दर्ता भएको यो संस्थाको केन्द्रिय कार्यलय ईटहरी सुनसरीमा छ ।
सामाजिक काम तथा विभिन्न उद्यमशिल गतिविधिहरु संचालन गर्नका लागि मोरंगसुनसरी सेवा समाजले २ जिल्ला र ति दुई जिल्लावाट विदेशका विभिन्न देशमा पुगेर कार्यरत, व्यवसायरत र अध्ययनरत जिल्लावासीसँग समन्वय गर्दै आईरहेको छ ।
मोरंग सुनसरी सेवा समाजको स्थापना सन् २००१ मा कतारमा भएको हो । त्यसपछि २०१२ मा यसलाई नेपालमा विधिवत रुपमा दर्ता भएको संस्थाको हाल कतार, ओमन, युएई, वहराईन, कुवेत, जापान, साउदी अरेवियामा र माल्टामा विधिवत रुपमा शाखाहरु कार्यरत छन् भने अष्ट्रेलिया, युके, अमेरिका र युरोपका विभिन्न देशहरुमा रहेका मोरंगसुनसरी वासीहरुसँग समन्वय गरि शाखाहरु स्थापना गर्ने काममा तदारुकताका साथ लागेको बताइएको छ ।
माल्टामा कार्यरत मोरंग सुनसरीवासीहरु विच भाईचारा र आपसी सम्पर्क वढाई पारस्परिक सद्भाव वृद्धि गर्ने, समस्यामा परेका नेपाली दाजुभाई तथा दिदिवहिनीहरुलाई आर्थिक, नैतिक तथा मानविय सहयोग गर्ने, नेपाल, नेपाली र मोरंग र सुनसरी जिल्लाको पहिचान गर्ने विभिन्न सामाजिक, सास्कृतिक, खेलकुद आर्थिक र मनोरंजनात्मक गतिविधि गर्ने, माल्टामा कार्यरत विभिन्न पेशामा आवद्द मोरंग सुनसरी जिल्लावासीहरुको विवरण तथा लगत तयार पार्ने तथा त्यसको आधारमा सदस्यहरको व्यवसायिक ज्ञान वृद्दि गर्ने तथा उद्यमशिल गतिविधि गर्न सहजिकरण गर्ने मोसु माल्टाका संयोजक तेज माझीले जानकारी दिए ।
आफ्ना सदस्यहरुको चेतना वृद्दि तथा व्यक्तित्व विकासमा सहयोगी भुमिका निर्वाह गर्ने र मोसु नेपालको सहययोग तथा समन्वयमा नेपालका स्थानिय निकायहरुसँग साझेदारी गरि विभिन्न सामाजिक, उद्यमशिल र मानविय गतिविधि संचालन गर्ने काम मोसु माल्टा शाखाले गर्ने जानकारी सचिव सुवास तिम्सिनाले जानकारी गराए ।
संस्था गठन भई सकेपछि संस्थाको उद्देश्य प्राप्तीका लागि सहयोग गर्न तथा कटिवद्द भएर काम गर्न शाखाका सदस्यहरुलाई सल्लाहकार संयोजक निज ढकालले आह्वान गरेका छन् । त्यसका साथसाथै माल्टामा स्थापित नेपाली संघ संस्था, व्यवसायिक, वुद्धिजिवी तथा सामाजिक अभियन्ता साथै व्यक्तित्वहरुसँग सहकार्य गरेर अगाडि बढ्ने बताए ।
वि.सं.२०७७ साउन ६ मंगलवार १०:४९ मा प्रकाशित






























