back
CTIZAN AD

यत्तिकै महाधिवेशन कसरी हुन्छ ?

वि.सं.२०७७ साउन ६ मंगलवार

1K 

shares

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र आन्तरिक द्धन्द चलिरहेको र अलि महाधिवेशनको कुरो बढाइएको बेला सो पार्टीका केन्द्रीय सदस्य प्रेमलकुमार खनालले भने हतारमा र प्रक्रिया नपुयाइ महाधिवेशन गर्न नसकिने बताएका छन् ।

उनले भनेका छन् ‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय महाधिवेशन विचार र नेतृत्व निर्माण गर्ने सर्वाेच्च फोरम हो । नेकपाको केन्द्रीय कमिटीबाट ६ महिना अगाडि २०७७ चैतमा महाधिवेशन आयोजना गर्ने निर्णय गरेको थियोे । तर यो ६ महिनाका बिचमा महाधिवेशनसँग सम्बन्धित र पार्टी एकता र एकिकरणको कुनै काम नै भएको छैन । यस्तो स्थितिमा अब मंसिरमा नै महाधिवेशन गर्ने भनेर सचिवालयको बैठकमा कुरा उठेको विषय बाहिर आएको छ । पार्टी महाधिवेशनको आयोजना गर्न निकै ठूलो तयारी गर्नु पर्दछ। केन्द्रीय कमिटीले तोकेको समय घर्कीसकेको स्थितिमा अब केन्द्रीय कमिटीको बैठक बसेर निम्न काम सम्पन्न गर्न पुग्ने गरि मिति तय गरी उल्लेखीत कामलाई महाधिवेशन अगाडि सम्पन्न गर्नुपर्दछ । ’

उनले पार्टीको राष्ट्रिय महाधिवेशनका लागी निम्न चरणहरु पुरा गर्नुपर्ने बताएका छन :-
-पार्टी एकता र एकीकरण टुंगोमा पु¥याउने
-सबै तहमा कमिटी निर्माण
-एकीकरणसंगै सबै तहका बैठकको आयोजना
-पार्टी सदस्यतानवीकरण र पार्टीको सदस्यतापत्रवितरण
-जनसंगठनहरुको एकता र एकीकरण
-सदस्यताको विबरणको तल देखि माथि सम्म अभिलेखिकरण
-टोल वस्ती सम्म संगठन विस्तार संस्थागत तवरले सदस्यता वितरण
-पार्टी एकताको अन्तरघुलनका लागि सबैतहमा वैचारिक प्रशिक्षण
-समाजबाद स्थापनाका लागि क्रान्ति गर्ने पार्टीको कार्यनीतिक कार्यदिशा, आर्थिक सामाजिक रुपान्तरणका एजेन्डा, पार्टी र नेतृत्व विकास तथानिर्माण, पार्टी र सरकार बिचको सम्बन्ध र भूमिका, पार्टी र नेतृत्वको कार्यशैली र जीवनशैली आदि विषयमा बैचारिक छलफल र मस्यौदा सहितमाथि देखि तल सम्म छलफल
-गाउँ र नगर तहमा अधिवेशन
-जिल्लातहमा अधिबेशन
-प्रदेश अधिबेशन
-राष्ट्रिय महाधिवेशन

वि.सं.२०७७ साउन ६ मंगलवार ११:३४ मा प्रकाशित

अदालतको प्रत्यक्ष प्रसारणमा अन्तर्राष्ट्रिय प्रचलनहरु

अदालतको प्रत्यक्ष प्रसारणमा अन्तर्राष्ट्रिय प्रचलनहरु

यतिबेला न्यायिक कारवाहीको प्रत्यक्ष सुनुवाईको थालनी भएपछि यसले सार्वजनिक बहस...

किन हुन्छ बौद्धिक वर्गको भूमिका र यथार्थबीच विरोधाभास ?

किन हुन्छ बौद्धिक वर्गको भूमिका र यथार्थबीच विरोधाभास ?

१ पृष्ठभूमि बौद्धिक वर्गलाई परम्परागत रूपमा जटिल मानसिक श्रममा संलग्न...

तीन सङ्कटले थलिएको नेपाली अर्थतन्त्र

तीन सङ्कटले थलिएको नेपाली अर्थतन्त्र

१. पृष्ठभूमि नेपाल तीनवटा संरचनात्मक आर्थिक सङ्कटहरू–खाद्य असुरक्षा, फराकिलो व्यापार...

पूँजीवादी उपभोक्तावाद र बिज्ञापन: “खाए खा नखाए घिच”

पूँजीवादी उपभोक्तावाद र बिज्ञापन: “खाए खा नखाए घिच”

के तपाईं टेलिभिजन हेर्दा, रेडियो सुन्दा, पत्रिका पढ्दा वा सामाजिक...

राष्ट्रवाद र देशभक्तिमा के फरक छ ?

राष्ट्रवाद र देशभक्तिमा के फरक छ ?

१. पृष्ठभूमि राष्ट्रवाद र देशभक्ति बीचको मुख्य भिन्नता के हो...

विज्ञान भैरवतन्त्रः संक्षिप्त विवेचना

विज्ञान भैरवतन्त्रः संक्षिप्त विवेचना

विज्ञान भैरवतन्त्र काश्मीर शैव दर्शन र कौल त्रिक परम्पराको एक...