
काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्यमा अनौठो उतार चडाब देखिएको छ । सोमबार घटेको सुनको मुल्य मंगलबार पुनः बढेर तोलामा ९२ हजार ७ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि सोमबार प्रतितोला सुनको मुल्य ९२ हजार ३ सय रुपैयाँ थियो ।
यसैगरी चाँदीको मूल्यमा पनि प्रतितोला ४० रुपैयाँले बढेको महासंघले जनाएको छ । महासंघका अनुसार मंगलबार चाँदीको मूल्य तोलामा १०४० रुपैयाँ तोकिएको छ ।