back
CTIZAN AD

एक कोरोना संक्रमितको दैनिक उपचार खर्च झण्डै ३१ हजार !

वि.सं.२०७७ साउन ६ मंगलवार

663 

shares

६ साउन, काठमाण्डौं । ह्याम्स अस्पतालले कोरोना संक्रमितको उपचार गरेको चर्को शुल्क उठाएको छ । आफ्ना चालक दलका सदस्यहरुको उपचारबापत ह्याम्सले मनलाग्दी शुल्क उठाएको भन्दै नेपाल वायु सेवा निगमले छानविनका लागि स्वास्थ्य मन्त्रालयसँग माग गरेको छ ।

गत २२ असारमा निगमका चालक दलका सदस्यसहित १४ जनामा कोरोना संक्रमण देखिएको थियो । उनीहरुलाई ह्याम्स अस्पतालको आइसोलेसनमा राखेर पाँचदिन सामान्य उपचार गरिएको थियो ।

प्रतिदिन १ जनाको ३० हजार ९ सयका दरले उनीहरुबाट रकम असुलिएको छ । जब कि आइसोलेसनमा राखेर उपचार गर्नुपर्ने सामान्य संक्रमितको सरकारले दैनिक शुल्क १४ हजार ५०६ रुपैयाँमात्र तोकेको छ ।

ह्याम्सले १४ जनाको पाँचदिनको २६ लाख ७१ हजार चार सय २६ रुपैयाँको विल नेपाल वायुसेवा निगमलाई पठाएको मंगलबारको नयाँपत्रिका दैनिकमा समाचार छ ।
अस्पतालले एकजना विरामीबाट बेड चार्ज सात हजार पाँचसय, कोभिड चार्ज १० हजार, नर्सिङ चार्ज चार हजार आठसय, डाक्टरको शुल्क तीन हजार, इन्फेक्सन कन्ट्रोल दुई हजार, हाउसकिपिङ दुई हजार, खाना तथा पेय पदार्थ एकहजार ६ सय गरी ३० हजार नौ सय उठाएको छ ।

त्यसमा औषधिको शुल्क जोडेर प्रतिव्यक्ति न्यूनतम् एक लाख ७८ हजार दुई सय ७६ देखि दुई लाख १७ हजार ६ सय १९ रुपैयाँसम्म उठाइएको पाइएको छ ।

वि.सं.२०७७ साउन ६ मंगलवार ०९:५९ मा प्रकाशित

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

काठमाडौँ । वर्तमान सरकारको नेतृत्व गरेपछि विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्तालाई...

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

दमौली (तनहुँ) । कृषि विकास कार्यालय, तनहुँले सुन्तलाको उत्पादन वृद्धि...

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...