back
CTIZAN AD

सप्तकोशीमा खतरा बढ्दै, यस वर्षकै उच्च बहाव मापन

वि.सं.२०७७ साउन ६ मंगलवार

672 

shares

६ साउन, काठमाडौँ । सप्तकोसी नदीमा निरन्तर पानीको वहाब बढ्दै गएपछि खतरा बढ्दै गएको छ। सप्तकोशी नदीमा आज बिहान यस वर्षकै उच्च बहाव मापन गरिएको छ ।

आज बिहान छ बजे मापन अनुसार पानीको वहाब तीन लाख ३४ हजार ९९० प्रतिसेकेन्ड क्युसेक पुगेको छ। सोमबार रातिदेखि बढेको पानीको वहाव निरन्तर बढ्दो छ। जसले गर्दा खतरा बढ्दै गएको हो।

पानीको वहाब बढेसँगै अहिले कोशी ब्यारेजमा रहेका ५६ वटा ढोकाममध्ये ४६ वटा खुल्ला गरिएको छ। पानीको वहाब बढ्दा कोशी ब्यारेज आसपास अहिलेसम्म कुनै समस्या नदेखिएपनि पूर्वी तटबन्धको माथिल्लो भागमा समस्या हुन सक्ने खतरा रहन्छ।

कोसीको बहावले खतराको सतह पार गरेपछि स्थानीय प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई सर्तक रहन आग्रह गरेको छ ।

पानीको बहाब बढेसँगै कोशी ब्यारेजमा अहिले खतराको संकेत रातो बत्ती भने बालिएको छ। ब्यारेज प्रशासनका अनुसार कोशी ब्यारेजमा पानीको बहाव एक लाख ५० हजार काट्ने वितिकै सर्वसाधारणलाई सचेत गर्नका निम्ति वत्ती बाल्ने गरिन्छ। कोशी ब्यारेजमा एक लाख ५० हजार क्यूसेकसम्म सामान्य मानिन्छ।

फाइल तस्विर

वि.सं.२०७७ साउन ६ मंगलवार ०९:४४ मा प्रकाशित

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

काठमाडौँ । वर्तमान सरकारको नेतृत्व गरेपछि विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्तालाई...

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

दमौली (तनहुँ) । कृषि विकास कार्यालय, तनहुँले सुन्तलाको उत्पादन वृद्धि...

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...