काठमाडौं । सत्तारुढ नेकपाको स्थायी समिति बैठक दिउसो १ बजेदेखि बस्ने भएको छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएअनुसार बैठक दिउसो १ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।
यसअघि स्थायी समिति बैठक बिहान ११ बजेदेखि बस्ने गरि बोलाइएको भएपनि अध्यक्षद्वयबीचको छलफलका कारण बैठक १ बजेलाई सारिएको बुझिएको छ ।
नेकपामा आन्तरिक विवाद बढेसँगै स्थायी समिति बैठक पटक–पटक स्थगित हुँदै आएको छ । यसअघि आइतबार बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको थियो ।
वि.सं.२०७७ साउन ६ मंगलवार १२:१६ मा प्रकाशित






























