back
CTIZAN AD

आफ्नै भवन नहुँदा तीनवर्षदेखि शिक्षक तालिम केन्द्रमा सशस्त्र प्रहरी

वि.सं.२०७७ साउन ६ मंगलवार

756 

shares

६ साउन, डोटी । सुदूरपश्चिमको पुरानो क्षेत्रीय सदरमुकाम दिपायलको जोगीडाब्रेमा स्थापना गरिएको सशस्त्र प्रहरीको ३६ नं गण अहिलेसम्म आफ्नो भवन नहुँदा शिक्षक तालिम केन्द्रमा बस्दै आएको छ । स्थापना भएको तीन वर्ष बितिसक्दासमेत आफ्नो भवन नहुँदा निकै समस्या हुँदै आएको गणले जनाएको छ ।

भवन त परै जाओस् गण निर्माणका लागि जग्गासमेत खरिद नगरिएका कारण समस्या उत्पन्न हुन थालेको छ । उक्त गण स्थापनाका लागि तीन वर्ष पहिले दिपायल सिलगढी नगरपालिका–४ जोगीडाब्रेमा रहेको शिक्षक तालिम केन्द्रका भवनहरु दिइएपछि अहिले सुदूरपश्चिम प्रदेशबाट तालिमका लागि आउने शिक्षकलाई बास बस्नका लागि समेत समस्या हुँदै आएको शिक्षक तालिम केन्द्र जोगीडाब्रेले जनाएको छ ।

स्थापना गरिएको तीन वर्ष बितिसक्दा समेत आफूहरुका आफ्नो भवन नभएका कारण शिक्षक तालिम केन्द्रले अस्थायीरूपमा प्रदान गरेको आवासगृहमा बस्दै आएको सशस्त्र प्रहरी बल ३६ नं गण हेडक्र्वाटर डोटीका सशस्त्र प्रहरी उपरीक्षक जहरसिंह बुढामगरले बताए । उनले भने, “हामीसँग जग्गा पनि छैन, भवन पनि नभएकाले शिक्षक तालिम केन्द्रमा बस्दै आएका छौँ, कुन दिन उहाँहरुले छोड्नु भनेपछि कहाँ जाने समस्या हुनेछ ।” यहाँको दिपायल सिलगढी नगरपालिकालाई जग्गाका लागि अनुरोध गरिएको भए पनि हालसम्म जग्गा खरिद गर्न नसकिएका कारण झनै समस्या भएको सशस्त्र प्रहरीले जनाएको छ ।

गण स्थापनाका लागि आवश्यक पर्ने कम्तीमा १५ देखि २० रोपनी जमीन उपयुक्त ठाउँमा नपाइएका कारण जग्गा खरिद गर्न नसकिएको नगरपालिकाका निमित्त कार्यकारी प्रमुख खेमराज गुरुङले बताए । उनले भने “सशस्त्र प्रहरीको गण स्थापनाका लागि हामीले जग्गा खरिद प्रक्रियाको थालनी गरेका छौँ, उपयुक्त ठाउँमा जमीन नपाएकाले समस्या भएको हो, जग्गा खोजीकार्य हुँदैछ ।” विसं २०७५ मा स्थापना भएको उक्त गणमा कूल दरबन्दी ८०० देखि ९०० जनासम्म कायम भए पनि ठाउँ अभावका कारण कतिपय सशस्त्र प्रहरी कैलालीमा रहेको सशस्त्र प्रहरीको नं ५ बाहिनी तथा गणमा एटेचमा कार्यरत रहेको बताइएको छ ।

जिल्ला विपद् प्रतिकार्यदेखि शान्ति सुरक्षाका काममा सशस्त्र प्रहरी खटिँदै आए पनि आफ्नो भवन नहुँदा उनीहरुलाई दैनिक कार्यसम्पादनमा समस्या हुँदै आएको बताइएको छ । यतिमात्र नभई गणको आफ्नो भवन नभएका कारण गणले सशस्त्र प्रहरीका लागि सञ्चालन गर्ने आन्तरिक तालिमदेखि अन्य पिटी, परेडसम्म गर्न समस्या भएको गणपति बुढामगरले बताए । उनले भने, “गणमा विभिन्न खाले तालिम खुल्छन्, हामीसँग ती तालिम गर्नका लागि आफ्नो भवन छैन, संरचना निर्माण गर्दा छाडेर जानेबेला झन् समस्या हुने भएकाले तालिम सञ्चालनमा समस्या भएको छ ।”

हाल गण स्थापना भएको शिक्षक तालिम केन्द्र नजिकै प्रविधिक शिक्षा पढाउन विद्यार्थीका लागि स्थापना गरिएको सेती प्राविधिक शिक्षालय दिपायल रहेकाले गणमा आन्तरिक तालिम सञ्चालन गरे उनीहरुको पढाइमा बाधा उत्पन्न हुने अवस्था रहेको नगरपालिका–४ का वडाध्यक्ष वीरेन्द्र शाहले बताए । उनले भने, “गण नजिकै प्राविधिक शिक्षालय छ, त्यहाँ तालिम गर्दा विद्यार्थीको पढाइमा समस्या हुने देखिएको छ, गणलाई उपयुक्त ठाउँमा जग्गा खरिद गरी सार्नुपर्ने भएको छ ।” रासस

वि.सं.२०७७ साउन ६ मंगलवार १२:३३ मा प्रकाशित

ग्यास पर्याप्त, माग अस्वाभाविक

ग्यास पर्याप्त, माग अस्वाभाविक

सुदूरपश्चिम । सुदूरपश्चिममा खाना पकाउने एलपी ग्यासको अभाव भएको हल्लासँगै...

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

बैतडी । बैतडीको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले आर्थिक वर्ष २०८२÷८३...

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले...

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

बैतडी । बैतडीको पाटन नगरपालिका–४, जेउडेस्थित मसानि दलित आधारभूत विद्यालयका...

बझाङ– बनलेक ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण हुने

बझाङ– बनलेक ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण हुने

काठमाडौँ । कुल दुई हजार ५०० मेगावाट बराबरको बिजुली प्रवाहका...

सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता

सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता

सुदूरपश्चिम । धार्मिक तथा साम्प्रदायिक सद्भाव, सामाजिक एकता र शान्ति...