काठमाडौं । लामखुट्टले धेरै प्रकारका रोगहरु एक व्यक्तिबाट अर्को व्यक्तिमा सार्ने गर्दछ । मलेरिया र डेंगुजस्ता रोगहरु पनि लामखुट्टेकै कारण सर्ने गर्दछन् । यस्तोमा धेरै मानिसलाई लामखुट्टेको कारण कोरोना भाइरस सर्छ कि भन्ने शंका लागेको छ ।
वैज्ञानिकले पहिलो पटक यसबारे तथ्य सार्वजनिक गरेका छन् । वैज्ञानिकले कोरोना भाइरस लामखुट्टेको माध्यमबाट नसर्ने तथ्य सार्वजनिक गरेका हुन् । साइन्टिफिक जर्नलमा प्रकाशित शोध अध्ययनअनुुसार कोरोना भाइरस लामखुट्टेबाट सर्न सम्भव नभएको दाबी गरिएको छ ।
अमेरिकाको कन्सास स्टेट विश्वविद्यालयको जैवसुरक्षा अनुसन्धान संस्थामा भएको अध्ययनमा लामखुट्टेको धेरै प्रजातीले भाइरस सार्न असमर्थ भएको पाइएको थियो । वैज्ञानिक तथ्यअनुसार कोरोना संक्रमित व्यक्तिलाई लामखुट्टले टोकेर रगत खाएपनि उसको शरिरमा कोरोनाको भाइरस भने जीवित रहन नसकेको भेटिएको थियो ।
विश्व स्वास्थ्य संगठन (डब्यूएचओ)ले पनि यसअघि लामखुट्टेको टोकाइबाट कोरोना भाइरस नसर्ने कुरा बताएको थियो । डब्यूएचओले लामखुट्टेको टोकाइबाट कोरोना सर्न सम्भव नरहेको तथ्यहरु सार्वजनिक गरेको थियो । एजेन्सीबाट
वि.सं.२०७७ साउन ६ मंगलवार १३:२७ मा प्रकाशित






























