back
CTIZAN AD

६ सचिवको सरुवा र पदस्थापना, हेर्नुस् को कहाँ ?

वि.सं.२०७७ साउन ७ बुधवार

696 

shares

७ साउन, काठमाडौँ । सरकारले विभिन्न ६ जना सचिवको सरुवा एवम् पदस्थापना गरेको छ । पछिल्लो मन्त्रिपरिषद्को बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिवमा हरिप्रसाद बस्याललाई सरुवा गरेको हो । सचिव बस्याल मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेशको प्रमुख सचिवका रुपमा कार्यरत थिए ।

निजामती सेवा ऐन, २०४९ को दफा १८ को उपदफा अनुसार गठित समितिको सिफारिसमा सरकारले निजामती सेवाका राजपत्राङ्कित विशिष्ट श्रेणीका अधिकृतलाई सरुवा एवम् पदस्थापना गरेको हो । अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाका अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वाग्मती प्रदेशमा प्रमुख सचिवका रुपमा कार्यरत तोयम रायलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिवका रुपमा कार्य गर्ने गरी सरुवा गरिएको छ ।

अतिरिक्त समूहमा रहेका सचिव विष्णुप्रसाद नेपाललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेशको प्रमुख सचिवका रुपमा काम गर्ने गरी सरुवा गरिएको छ । त्यस्तै अतिरिक्त समूहमा रहेका सचिव डा मानबहादुर विकलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वाग्मती प्रदेशको मुख्य सचिवको काम गर्ने गरी सरुवा गरिएको छ ।

त्यस्तै, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कर्णाली प्रदेशका प्रमुख सचिव टेकनारायण पाण्डेलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा गरिएको छ । सो मन्त्रालयका सचिव केदार न्यौपानेलाई अतिरिक्त समूहमा राखिएको छ ।

वि.सं.२०७७ साउन ७ बुधवार ११:२६ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...