back
CTIZAN AD

डुबेर ३ बालक सहित ४ जनाको मृत्यु

वि.सं.२०७७ साउन ८ बिहीवार

870 

shares

८ साउन, काठमाडौं । प्रहरी प्रधान कार्यालयले डुबेर ३ बालक सहित ४ जनाको मृत्यु भएको जनाएको छ ।

झापाको भद्रपुरनगरपालिका- २ स्थित नयाँ सिमसार क्षेत्रमा डुबेर ३ जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा सोही ठाउँ बस्ने अनिल तामाङको छोरा १० वर्षीय अंकुश तामाङ र कमला थामीका २ जना छोरा १५ वर्षीय करण थामी र १२ वर्षीय अर्जुन थामी रहेका छन् । घरबाट खेल्न निस्केकोमा घर फर्की नआएकोले आफन्तले खोजी गर्ने क्रममा अंकुश तामाङ नयाँ सिमसार क्षेत्रमा बुधबार डुबीरहेको अवस्थामा फेला परेका थिए भने वेपत्ताअन्य २ जना बालकको सोही सिमसार क्षेत्रको पानीमा बिहीबार बिहान शव फेला परेको प्रहरीले जनाएको छ ।

काभ्रेको पनौतीनगरपालिका- ७ स्थित त्रिवेणीघाटमा डुबेर सोही नगरपालिका- १२ भूमिडाँडा बस्ने ७० वर्षीय शोम प्रसाद हुमागाईको बिहीबार दिउँसो मृत्यु भएको छ । हुमागाईलाई त्रिवेणीघाटमा डुबेको अवस्थामा प्रहरी चौकी पनौतीबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा उद्दार गरी उपचारको लागि शिर मेमोरियल अस्पताल बनेपा पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको जनाइएको छ ।

वि.सं.२०७७ साउन ८ बिहीवार १७:११ मा प्रकाशित

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई सशरीर अदालतमा...

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

रुकुमपूर्व । भारी वर्षाका कारण पहिरो खसेर पुष्पलाल (मध्यपहाडी) राजमार्गका...