back
CTIZAN AD

आज काठमाण्डौं उपत्यकाका ९ सहित १४७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १८,२४१ पुग्यो

वि.सं.२०७७ साउन ८ बिहीवार

858 

shares

८ साउन, काठमाण्डौं । नेपालमा आज १४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज सबैभन्दा बढी कन्चनपुरमा ३० जना, दैलेखमा २४ जना, पर्सामा १७ जना र रुपन्देहीमा १३ जना संक्रमित भेटिएका छन् । साथै आज काठमाण्डौं उपत्यकामा ९ जनामा संक्रमण देखिएको छ ।

मन्त्रालयका अनुसार आज बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा धनकुटाका २, सुनसरीका २ जना, कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा मोरङका ४ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा झापाका १, मोरङका ४ जना, गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा गरिएको परीक्षणमा सिराहाका २, सप्तरीका ७ जना, नारायणी अस्पताल वीरगन्जमा गरिएको परीक्षणमा पर्साका १७ जना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा भक्तपुरका २ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परीक्षणमा ललितपुरका १, काठमाण्डौंका २ जना, भतरपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा महोत्तरीका १ जना, पाटन अस्पतालमा गरिएको परीक्षणमा काठमाण्डौंका ३ जना, टिचिङ अस्पताल महाराजगन्जमा गएिको परीक्षणमा पर्वतका १ जना, स्टार अस्पताल सानेपामा गरिएको परीक्षणमा ललितपुरका १ जनामा संक्रमण पुष्टि भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कास्कीका १ जना, प्रादेशिक क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा कास्कीका १, स्याङजाका १ र पर्वतका २ जना,प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा रुपन्देहीका ११ जना, प्युठानका २ र नवलपरासीका १ जनामा संक्रमण पुष्टि भएको छ ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा रुपन्देहीका २ जना, सुर्खेत प्रादेशिक अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतका ५ र सल्यानका १ जना, दैलेख प्रयोगशालमा गरिएको परीक्षणमा दैलेखका २४ जना, डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा डडेल्धुराका २, डोटीका ७ जना, सेति प्रादेशिक अस्पताल धनगढीमा गरिएको परीक्षणमा कैलालीका २, बझाङका १ र कन्चनपुरमा ३० जना गरी जम्मा १४७ जनामा संक्रमण पुष्टि भएको छ ।

आज थपिएका १४७ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १८ हजार २४१ पुगेको छ । कूल संक्रमित मध्ये हालसम्म १२ हजार ८४० जना निको भएर घर फर्किएका छन् । बाँकीरहेका ५,३५८ जना सक्रिय संक्रमितको विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरमा उपचार भइरहेको छ ।

नेपालमा आज १०० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १८ हजार नाघ्यो

वि.सं.२०७७ साउन ८ बिहीवार १६:४५ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...