back
CTIZAN AD

नेपाल धितोपत्र बोर्डमा खुल्ला तथा समावेशी परीक्षाको लागि साउन ११ सम्म दरखास्त बुझाउन सकिने

वि.सं.२०७७ साउन ८ बिहीवार

744 

shares

८ साउन, काठमाडौँ । नेपाल धितोपत्र बोर्डले रिक्त रहेको १५ दरबन्दीहरुका लागि स्थायी पदपूर्तिका लागि आजबाट साउन १० गतेसम्म दरखास्त बुझाउन सकिने सूचना सार्वजनिक गरेको छ ।

यसअघि २०७६ चैत्र ६ गतेसम्म र दोब्बर दस्तुर तिरेर २०७६ चैत्र ११ गतेसम्म दरखास्त बुझाउने मिति तोकिएकोमा देशभर लकडाउन लागेसँगै दरखास्त संकलन गर्न नसकिएकोमा साउन ७ गतेबाट लकडाउन खुलेसँगै नयाँ मिति तोकेको हो । जसअनुसार आजबाट साउन १० गतेसम्म बुझाउन सकिने भएको हो ।

पदपूति समितिले सार्वजनिक गरेको सूचनामा यदि दरखास्त बुझाउने अन्तिम दिन बिदा पर्न गएमा कार्यालय खुलेको अर्कोदिनसम्म दरखास्त बुझाउन सकिने जनाइएको छ । सूचनामा उल्लेख भएको मिति अनुसार साउन १० गते शनिबार परेकोले आइतबार बुझाउन सकिने छ ।

दरखास्त बुझाउन पर्ने आवश्यक कागजात भने २०७६/११/१६ गतेको गोरखापत्रमा प्रकाशित सूचनामा उल्लेख भएअनुसारको हुने बताइएको छ ।

वि.सं.२०७७ साउन ८ बिहीवार १६:२६ मा प्रकाशित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

काठमाडौं । एम्बार्क कलेज र औद्योगिक उद्यम विकास प्रतिष्ठान -आईईडीआई_...

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

पोखरामा एकाउन्टिङ शिक्षक कार्यशाला हुने, ब्रिटिश प्रोफेसनल कलेज र ACCA बीच सहकार्य

पोखरामा एकाउन्टिङ शिक्षक कार्यशाला हुने, ब्रिटिश प्रोफेसनल कलेज र ACCA बीच सहकार्य

काठमाडौं । नेपालमा लेखा (एकाउन्टिङ) शिक्षाको गुणस्तर सुदृढ गर्ने उद्देश्यले...

छात्रवृत्तिका लागि २६ हजार बढी परीक्षार्थी सहभागी हुन योग्य, जेठ १७ गते परीक्षा

छात्रवृत्तिका लागि २६ हजार बढी परीक्षार्थी सहभागी हुन योग्य, जेठ १७ गते परीक्षा

काठमाडौँ । महानगरपालिकामा कक्षा ११ र १२ मा सिफारिस गर्ने...