back
CTIZAN AD

ओली र प्रचण्ड हारेर केही हुन्न तर पार्टी र देश हार्नु हुन्न : नेकपा नेता आचार्य

वि.सं.२०७७ साउन ८ बिहीवार

1.1K 

shares

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रिय सदस्य डिलाराम आर्चायले नेकपाभित्रको विवादका बिषयमा पार्टी र देश हार्न नहुने नेता हार्दैमा केहि फरक नपर्ने बताएका छन् । बिहिबार काठमाण्डौस्थित संवाद क्लव नेपालमा आयोजित एक पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

लामो समयसम्म पार्टीको लागी त्याग , तपस्या र बलिदान गर्ने, नेता तथा कार्यकर्ताहरुको जनभावना समेटेर शीर्ष नेतृत्व अघि बढन नसकेकोमा नेता आचार्यको गुनासो छ । नेताहरुको नामै तोकेर उनले भने, ‘केपी शर्मा ओली, पुष्पकमल दाहाल, माधव कुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठलगायतका नेताहरु तपाईहरु हार्नुस् तर पार्टी र देशले हार्नु हुँदैन ।’

दुई पार्टीबीच भएको एकताले बनेको नेकपा बलियो हनु पर्नेमा कमजोर हुँदै गइरहेको भन्दै आचार्यले चिन्ता व्यक्त गरे । शीर्ष नेताहरु झिना मसिना कुरामा नअल्झिई पार्टी एकता र जनभावनाको कदर गरी अघि बढनु पर्नेआचार्यको विचार छ ।

सबै एकजुट भएर देशमा भएको बेथिति, भष्टाचार निर्मूल पार्नु पर्ने कुरामा उनले जोड दिए । फुटेर होइन जुटेर मात्रै विकास र समृद्धिको यात्रालाई पुरा गर्न सकिने नेता आचार्यको कथन छ ।

कहिले बालुवाटार, कहिले भैंसेपार्टी, कहिले खुमलटारका कोठे बैठकले मात्रै समस्याको समाधान नहुने आचार्यले बताए । पत्रकारहरुले पार्टी फुटछ की फुटदैन भनेर सोधेको प्रश्नको उत्तर दिँदै नेता आचार्यले भने, ‘शीर्ष नेताहरुले त्याग गर्न सके पार्टी फुटने होइन, झन बलियो भएर जान्छ ।’

जनअपेक्षा अनुरुप कामहरु अगाडी बढन् नसक्दा पछिल्ला दिनहरुमा केहि आलोचना, आर्कोश र बिरोधका आवाजहरु पनि उठन थालेको नेता आचार्यले बताए । यस बिषयमा सरकार गम्भिर हुनु पर्नेमा उनको जोड छ ।

वि.सं.२०७७ साउन ८ बिहीवार १८:१० मा प्रकाशित

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई सशरीर अदालतमा...

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

रुकुमपूर्व । भारी वर्षाका कारण पहिरो खसेर पुष्पलाल (मध्यपहाडी) राजमार्गका...

स्वास्थ्यकर्मी सुरक्षासम्बन्धी कानुन संशोधनका लागि गठित कार्यदलले बुझायो प्रतिवेदन

स्वास्थ्यकर्मी सुरक्षासम्बन्धी कानुन संशोधनका लागि गठित कार्यदलले बुझायो प्रतिवेदन

काठमाडौं । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी कानुन संशोधनका...

पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

काठमाडौँ । सर्वोच्च अदालतले जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा...