back
CTIZAN AD

नेपालमा हालसम्म १८,२४१ जनामा कोरोना संक्रमण, ४३ को मृत्यु, यस्तो छ अन्य अपडेट

वि.सं.२०७७ साउन ८ बिहीवार

942 

shares

८ साउन, काठमाण्डौं । नेपालमा विहिबार ( ८ साउन) सम्म पिसीआर प्रविधिबाट ३ लाख ३१ हजार ९५ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट ३,४८१ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले विहिबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

त्यसैगरी हालसम्म देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ५,३५८ जनाको उपचार भइरहेको छ । साथै हालसम्म भारत लगायत विभिन्न देश र एक जिल्लाबाट अर्को जिल्लामा पुगेर क्वारेन्टिनमा बस्नेहरुको संख्या २० हजार ९८ रहेको छ । यो संख्या दिनप्रतिदिन घटिरहेको छ ।

आज थपिएका १४७ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १८ हजार २४१ पुगेको छ । कूल संक्रमित मध्ये हालसम्म १२ हजार ८४० जना निको भएर घर फर्किएका छन् । बाँकीरहेका ५,३५८ जनासक्रिय संक्रमितको विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरमा उपचार भइरहेको छ । साथै हालसम्म मृतकको संख्या ४३ पुगेको छ ।

आज १४७ जनामा कोरोना संक्रमण
नेपालमा आज १४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज सबैभन्दा बढी कन्चनपुरमा ३० जना, दैलेखमा २४ जना, पर्सामा १७ जना र रुपन्देहीमा १३ जना संक्रमित भेटिएका छन् । साथै आज काठमाण्डौं उपत्यकामा ९ जनामा संक्रमण देखिएको छ ।

त्यस्तै मोरङमा ८ जना, सप्तरीमा ७ जना, डोटीमा ७ जना, सुर्खेतमा ५ जना, काठमाण्डौंमा ५ जना, पर्वतमा ३ जना, धनकुटा, सुनसरी डडेल्धुरा, सिराहा, भक्तपुर, ललितपुर, प्युठान, कैलाली र कास्कीमा २\२ जना रहेका छन् ।

आज काठमाण्डौं उपत्यकाका ९ सहित १४७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १८,२४१ पुग्यो

त्यसैगरी झापा, ललितपुर, महोत्तरी, स्याङजा, नवलपरासी र बझाङमा १\१ जना गरी जम्मा १४७ जनामा संक्रमण पुष्टि भएको छ ।

आज थपिएका १४७ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १८ हजार २४१ पुगेको छ । कूल संक्रमित मध्ये हालसम्म १२ हजार ८४० जना निको भएर घर फर्किएका छन् । बाँकीरहेका ५,३५८ जना सक्रिय संक्रमितको विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरमा उपचार भइरहेको छ ।

आज १५६ जना कोरोना संक्रमणबाट मुक्त
नेपालमा आज १५६ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न अस्पताल तथा आइसोलेशनमा उपचाररत १५६ जना संक्रमणबाट निको भएर घर फर्किएका हुन् ।

आज पनि १५६ जना कोरोना संक्रमणबाट मुक्त, निको हुनेको संख्या १२,८४० पुग्यो

आज १५६ जना निको भएसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १२ हजार ८४० पुगेको छ ।

कुन प्रदेशमा कति निको भए त ?
प्रदेश १ मा ७६० जना, प्रदेश २ मा २,८४३ जना, बाग्मति प्रदेशमा ४५८ जना, गण्डकी प्रदेशमा १,०९५ जना प्रदेश नं ५ मा ३, ८६८ जना, कर्णाली प्रदेशमा १५८३ जना र सुदूरपश्चिम प्रदेशमा २,२३३ जना गरी हालसम्म १२ हजार ८४० जना निको भएका छन् ।

५०० भन्दा बढी संक्रमित उपचारत रहेको जिल्ला
हालसम्म प्रदेश २ मा रौतहट, सुदूरपश्चिममा कैलाली र बाजुरा रहेका छन् । साथै संक्रमित शुन्य भएको जिल्लामा पाँचथर, भोजपुर, संखुवासभा, रसुवा, मनाङ र मुस्ताङ रहेका छन् ।

कुन प्रदेशमा कति संक्रमित उपचाररत छन् त ?
हालसम्म देशैभरीको विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा उपचाररत ५,३५८ जना सक्रिय संक्रमित मध्ये प्रदेश १ मा १२४ जना, प्रदेश २ मा १,८९७ जना, बाग्मति प्रदेशमा ४२७ जना, गण्डकी प्रदेशमा ३२४ जना, प्रदेश नं ५ मा ३४४ जना, कर्णाली प्रदेशमा ३०४ जना, र सुदूरपश्चिम प्रदेशमा १,९३८ जना रहेका छन् ।

नेपालमा आज पनि कोरोना संक्रमणबाट १ को मृत्यु
नेपालमा कोरोना संक्रमणबाट आज पनि १ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज मृत्यु भएको पुष्टि भएकामा विरगन्ज माइस्थानका ७० वर्षीय पुरुष रहेका छन् ।

नेपालमा कोरोना संक्रमणबाट आज पनि १ को मृत्यु, मृतकको संख्या ४३ पुग्यो

कोरोना संक्रमण भएका उनको श्वास प्रश्वासमा कठिनाई भएका कारण नारायणी अस्पतालको अस्थायी कोभिड अस्पतालमा भर्ना भई उपचारका क्रममा साउन ७ गते मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।

हेर्नुहोस् यस्तो छ नेपालमा साउन ७ गते सम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ साउन ८ बिहीवार १८:३३ मा प्रकाशित

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन् ।...