back
CTIZAN AD

प्रचण्ड सचिवालयले भन्यो : जनार्दन शर्मा प्रचण्ड पक्षमै हुनुहुन्छ

वि.सं.२०७७ साउन ८ बिहीवार

804 

shares

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निजी सचिवालयले पार्टी स्थायी समिति सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ टाढिएको भन्ने चर्चा सत्य नभएको बताएको छ । बिहिबार एक प्रेस व्यक्तव्य जारी गर्दै सचिवालयले नेता शर्माले प्रचण्डलाई नै सहयोग गरिरहेको बताएको हो ।

सचिवालयले नेता शर्मा पार्टी एकताको पक्षमा लागिरहेको र प्रचण्डलाई सहयोग गरिरहेको बताएको छ । ‘पार्टी एकतादेखि आजसम्मको काममा कमरेड प्रभाकरले अध्यक्ष कमरेड प्रचण्डलाई सहयोग गर्दै आउनुभएको विदितै छ, अहिलेको पार्टी भित्रको आन्तरिक बहसमा पनि उहाँ पार्टी एकताका पक्षमा लाग्नुभएको हो’, व्यक्तव्यमा भनिएको छ, ‘कमरेड प्रभाकरमाथि अध्यक्ष कमरेड प्रचण्डसँग जोडेर गरिएका भ्रामक प्रचारहरुलाई खारेज गर्दछौं ।’

व्यक्तव्यमार्फत प्रचण्ड र नेता शर्मामाथि जोडेर आएका समाचार गलत भएको सचिवालयको दाबी छ । सचिवालयले प्रचण्ड र नेताशर्मामाथि जोडेर गरिएका चर्चा निन्दनीय भएको पनि बताएको छ ।

केही दिनअघि स्थायी कमिटी सदस्य शर्माले सामाजिक सञ्जालमार्फत आफुलाई कुनै पद प्राप्तिको लोभ लोभ नभएको बताएका थिए। उनले पार्टी एकताको पक्षमा रहेको हुनाले आफूलाई कुनै पदको लोभ नभएको बताएका थिए। उनीमाथि गृहमन्त्री बन्‍ने लोभमा राष्ट्रपतिको कार्यालयसम्म पुगेको आरोप लागेको थियो।

यस्तो छ सचिवालयले जारी गरेको व्यक्तव्य

वि.सं.२०७७ साउन ८ बिहीवार १८:४५ मा प्रकाशित

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को संरक्षकको जिम्मेवारीमा जनार्दन शर्मा...

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

काठमाडौं। प्लास्टिक सर्जरी तथा पुनर्निर्माणात्मक उपचारमा कृत्रिम बुद्धिमत्ता (एआई) र...

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

काठमाडौं । खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला...

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व...