back
CTIZAN AD

नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा तेस्रो पटक स्थगित

वि.सं.२०७७ साउन ८ बिहीवार

942 

shares

७ साउन, काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा फेरि स्थगित भएको छ ।

साधारणसभाको मिति ताकिएर  उम्मेदवारहरु व्यापक  प्रचारप्रसारमा लागि रहेको बेला यसअघि तोकिएको समयमा नहुने जानकारी दिइएको छ । महासंघको पदाधिकारी र पूर्वअध्यक्षहरुसहितको आजको बैठकले साउन २६ र २७ गतेको लागि तोकिएको निर्वाचन तथा साधारणसभा सार्ने निर्णय गरेको हो ।

सरकारले भदौ १ गतेसम्म सभा, सम्मेलन गर्न नपाइने भनेकाले महासंघले पनि आफ्नो ५४ औँ वार्षिक साधारणसभा सारेको वरिष्ठ उपाध्यक्ष दिवाकर गोल्छाले जानकारी दिएका छन् । उनले सरकारले गोष्ठी, सभा सम्मेलन खुलाएको १५ दिनभित्र साधारणसभा गर्ने निर्णय पनि बैठकले गरेको जनाएका छन् ।

उनी भन्छन् ‘कोरोना संक्रमणसंगै बाढि पहिरोको जोखिमका कारण पूर्व अध्यक्षज्यूहरु समेत उपस्थित रहेको पदाधिकारी वैठकले सरकारले सभा सम्मेलन खुला गरेको १५ दिनभित्र साधारणसभा गर्ने निर्णय गरेको छ ।’

गोल्छाले सामाजिक सञ्जालमा यो पनि भनेका छन् ‘मेरा लागि पनि तत्काल पदभार ग्रहण गर्नुभन्दा उद्यमी व्यवसायीको सुरक्षा महत्वपुर्ण छ ।’
गत चैत २८ र २९ गते हुनुपर्ने महासंघको साधारणसभा लकडाउनका कारण सर्दै आएको छ । मिति भने बैठकले तय गरेको छैन ।

योसँगै महासंघको ५४ औं साधारण सभा तेस्रो पटकको लागि तोकिएको मितिमा नहुने भएको हो ।

महासंघको विधान अनुसार आगामी नयाँ नेतृत्व वरिष्ठ उपाध्यक्ष रहेका दिवाकर गोल्छाको नेतृत्वमा चयन हुनेछ । विधानमा वरिष्ठ उपाध्यक्ष स्वतः उपाध्यक्ष हुने व्यवस्था रहेको छ । आउँदो निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षमा चन्द्र प्रसाद ढकाल र किशोर कुमार प्रधानले उम्मेदवारी दिएका छन् ।

वि.सं.२०७७ साउन ८ बिहीवार १९:२४ मा प्रकाशित

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कालोसिसा (ब्ल्याक फिल्म)...

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय...

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

काठमाडौँ । कागका कारण काठमाडौँ उपत्यकामा बर्डफ्लु व्यापकरूपमा फैलिएको छ...

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी ब्याङककमा भोलिदेखि...

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

ललितपुर । ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल...