९ साउन, काठमाडौँ । विश्वमा महामरीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको कारण मेक्सिकोमा करिब ४२ हजार व्यक्तिको ज्यान गएको छ ।
गत २४ घण्टामा कोरोना संक्रमणबाट ७ सय ९० जनाको मृत्युपछि मेक्सिकामा यस प्रकोपबाट ज्यान गुमाउने व्यक्तिको संख्या ४१ हजार ९ सय८ पुगेको छ ।
मेक्सिकोमा गत २४ घण्टाको समय अवधिमा ६ हजार १९ जना नयाँ संक्रमित थपिएसँगै मेक्सिकोमा कुल संक्रमित संख्या ३ लाख ७० हजार ७ सय १२ पुगेको छ ।
वि.सं.२०७७ साउन ९ शुक्रवार ०८:१८ मा प्रकाशित






























