back
CTIZAN AD

जापानले तेत्तीस करोड ५० लाख अनुदान सहयोग उपलब्ध गराउने

वि.सं.२०७७ साउन ९ शुक्रवार

750 

shares

९ साउन, काठमाडौँ । जापानले विद्यालय क्षेत्र विकास कार्यक्रम कार्यान्वयन गर्न नेपाल सरकारलाई रु ३३ करोड ५० लाख अनुदान सहयोग उपलब्ध गराउने भएको छ ।

अर्थ मन्त्रालयमा बिहिबार आयोजित एक सङ््क्षिप्त कार्यक्रममा नेपालका लागि जापानका राजदूत मासामिची साइगो र अर्थ सचिव शिशिरकुमार ढुङ्गानाले अनुदान सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सोही अवसरमा जापानी अन्तरराष्ट्रिय सहयोग निकाय (जाइका)का प्रमुख प्रतिनिधि युमिको आसाकुमा र अर्थ मन्त्रालयको अन्तरराष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका प्रमुख श्रीकृष्ण नेपालले उक्त कार्यक्रम कार्यान्वयन गर्नेसम्बन्धी अर्को सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

सन् २०२२ सम्ममा अल्पविकसित राष्ट्रबाट नेपाललाई स्तरोन्नति गर्न तथा २०३० सम्ममा दिगो विकासका लक्ष्यहरू हासिल गरी मध्यम आययुक्त देशमा स्तरोन्नति हुने नेपाल सरकारको लक्ष्यप्राप्तिमा सघाउने दिशामा विद्यालय क्षेत्र विकास कार्यक्रम कार्यान्वयन गर्न जापानी अनुदान उपयोगी हुने विश्वास गरिएको छ ।

वि.सं.२०७७ साउन ९ शुक्रवार ०९:३५ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...

साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै, उजुरी घट्दै

साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै, उजुरी घट्दै

नेपालगन्ज ।  बाँकेमा अहिलेसम्म साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै र उजुरी...