८ साउन, काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन थापाले माहिलामाथि समाजले राखेको विभदेकारी मानक भत्काउनु पर्ने बताएका छन् ।
महिलाहरुको चाड तिज नजिकँदै गर्दा बजारमा विभिन्न खालका गीतहरु आएका छन् । केही गीतहरुले सामाजिक मर्यादाविरुद्ध भएको भन्दै टिकाटिप्प्णी भैरहेका सन्दर्भमा शायद नेता थापाको भनाई पनि यसैलक्षित भएर आएको देखिन्छ ।
उनले टिव्टरमा लेखेका छन् :
महिलाको गीतबाट धर्म मासिने डर!
महिलाको पहिरनबाट सामाजिक मर्यादा भत्कने डर!
महिलाले सिन्दूर पोते नलगाउँदा पुरुष झुक्किने डर!
यो ‘डर’ सामाजिक रोग हाे।
समस्या गीत वा पहिरनमा हैन,डराउनेमा छ त्यसैले उपचार पनि ‘डराउने’ हरूकै गर्नुपर्छ र यस्ता विभेदकारी मानक भत्काउनुपर्छ।— Gagan Thapa (@thapagk) July 24, 2020
वि.सं.२०७७ साउन ९ शुक्रवार १३:२४ मा प्रकाशित






























