back
CTIZAN AD

मुगुमा काँग्रेसद्धारा बृहत सभापति प्रशिक्षण भेला

वि.सं.२०७७ साउन १० शनिवार

882 

shares

१० असार, मुगु । हिमाल हेर्दा नेपाली काँग्रेस डाँफे मुनाल झै नाच्नु पर्छ
तराई तिर झर्दा नेपाली काँग्रेस धानको बाला झै झुल्नु पर्छ ।।

नेपाली काँग्रेस जिल्ला कार्य समितिले लक डाउन अन्त्यसंगै जिल्लामा बृहत सभापति प्रशिक्षण भेलाको आयोजना गरेको छ ।

१४ औं महाधिबेशनलाई लक्षित गरि शनिबार देखि काँग्रेसले गमगढीमा दुई दिन सभापतिहरुको प्रशिक्षणको आयोजना गरेको छ । उक्त प्रशिक्षणमा छायाँनाथ रारा नगरपालिका, सोरु, खत्याड र मुगुम कार्मारोङ गाउँपालिकाका वडा सभापति गाउँपालिका र नगर सभापतिको उपस्थित रहेको छ ।

प्रशिक्षण कार्यक्रममा जिल्ला कार्य समितिका सम्पूर्ण पदाधिकारी भातृ संगठनका पदाधिकरीहरु महासमिति तथा महाधिबेशनका प्रतिनिधि लगायत ब्यापक उपस्थित रहेको छ । बरिष्ट नेता हस्तबहादुर मल्ल, ऐनबहादुर शाही बुद्धिजीवी संघ तर्फका जयबहादुर हितान, ऐनबहादुर हमाल, देबिकृष्ण रावलको पनि उक्त प्रशिक्षणमा सहभागीता रहेको थियो ।

प्रशिक्षण कार्यक्रम उदघाटन गर्दै पार्टी सभापति खडगबहादुर शाहीले आउदो १४ औ महाधिबेशनलाई लक्षित गरि मुगुका सभापतिको भेला आयोजना गरिएको बताए । गाउँ देखि शहर सम्म संगठन बलियो बनाएर काँग्रेसले १४ औं महाधिशन गर्ने सभापति शाहीको भनाई थियो । वडा, गाउँपालिका, नगरका पार्टी सभापतिले दिएको सुझाव सल्लाहलाई मध्येनजर गरि पार्टीको संगठन बलियो बनाउन जोडदार रुपले लाग्ने उनको भनाई छ ।

प्रशिक्षण उदघाटनमा स्वागत मन्त्ब्य दिदै काँग्रेस बुद्धिजीवी संघका जयबहादु हितान प्रेस युनियनका अध्यक्ष बिनोद कुमार मल्लले पार्टी बलियो बनाउन नेता गाउँ बस्तीमा पुग्नुपर्ने र कार्यक्रताको भावना अनुसार काम गर्नु पर्ने बताए । क्रियासिल सदस्यता बितरण कार्यलाई पनि काँग्रेस पारदर्शिता गर्नु पर्ने उनीहरुको भनाई छ ।

१४ औं महाधिबेशनलाई लक्षित गरि करिव ६० प्रतिशत युवा बर्गलाई नयाँ क्रियासिल सदस्यता बितरण गर्दा पार्टी बलियो हुने तरुणदलका अध्यक्ष रमेश कुमार मल्लले बताए । जागर भएका युवालाई पार्टी संगठनमा समाबेश गर्न सकियो भने पार्टीको उचाई बढने समेत उनले बताए ।

प्रशिक्षणका बिषयहरु
काँग्रेसले आयोजना गरेको दुई दिने प्रशिक्षणमा प्रशिक्षकको रुपमा सुर्य देबि मल्ल, बिक्रम शाही, हरिजंग शाही, जंगबहादुर शाही, देबिकृष्ण रावल, केशर जंग शाही रहेका छन ।

सहभागी सभापतिहरुलाई प्रशिक्षकले लोकतन्त्र र समाबेशी, ने.काँ र नेकपा बीच भिन्नता, संघीय संरचना प्रणाली, संगठन सुदृढिकरण र नेतृत्व बिकास बिषयमा प्रशिक्षक प्रशिक्षण दिने काँग्रेसले जनाकारी गराएको छ ।

गुटउपगुट अन्त्य होस्
नेपाली काँग्रेस मुगुका वडा देखि नगर, गाउँपालिकाका सभापतिहरुले पार्टी भित्र गुट उपगुट अन्त्य गरि महाधिबेशनमा जानु पर्ने सुझाव र सल्लाह दिएका दिएका छन् ।

शनिबार गमगढी स्थित अनुसा टप होटलमा काँग्रेस जिल्ला कार्य समितिले आयोजना गरेको दुई दिन प्रशिक्षण कार्यक्रममा सहभागी वडा, नगर र गाउँपालिकाका पार्टीका सभापतिले पार्टी भित्र हावि हुदै गएको गुट उपगुटले गर्दा पार्टी कमजोर भएको ब्यक्ति हावि हुन थालेको हुदा गुटको अन्त्य गर्न माग गरेका छन । पार्टीको क्रियासिल सदस्य पनि सक्रिय कार्यक्रता लाई मात्र बितरण गर्नु पर्ने सभापति आबाज उठाएका छन् ।

पार्टीमा सक्रिय भएर खटने ब्यक्तिलाई क्रियासिल सदस्य दिनु पर्छ छायाँनाथ रारा नगरपालिकाका काँग्रेस सभापति बिष्णु कुमार भामले भने एकै घरमा चार पाँच जनाले क्रियासिल पाएका छन भने कसैले एउटा पनि पाउन सकेका छैन । सिस्टम र पद्धति भित्र रहेर पार्टीले क्रियासिल बितरण गर्नुपर्ने भामको भनाई छ ।
गाउँमा जादैनन नेता

प्रशिक्षणमा सहभागी काँग्रेसका वडादेखि गाउँपालिकाका पार्टी सभापतिहरुले जिल्ला कार्य समितिभित्र रहेका पार्टीका नेताहरु गाउँ नजाने र जिल्लामै बसेर पार्टी संचालन गर्न खोज्दा कार्यक्रता निरास बनेको आरोप लगाएका छन् ।

बढी समय काठमाडौंमै बस्नु कहिलेकाँही जिल्लामा आएर केही कार्यक्रम गरि फेरि शहरतिरै फर्किेने नेताको बानीले गर्दा गाउँबस्तीका काँग्रेस प्रति आबस्थावान पार्टी छोडेर अर्को पार्टीतिर जान थालेको पार्टी सभापतिको भनाई थियो ।

‘कार्यक्रताको मर्म भावना बुझन नेता गाउँ जानु प¥यो,’ सोरु गाउँपालिका एक सभापति रामजंग शाहीले भने, ‘शहर केन्द्रीत नेताले गर्दा पार्टी कमजोर हुदै गयो । कुन कार्यकर्ता कहाँ छ अबस्था के छ भनेर हाम्रा नेतालाई थाहा छैन । भोट माग्ने बेला कार्यक्रता सम्झिने नेताको काम छैन ।’

काँग्रेसमा धमाधम निर्णय
नेपाली काँग्रेस जिल्ला कार्यसमितिले एक महिना भित्र धमाधम निर्णय गरि काम अघि बढाउन थालेको छ ।
बिगत लामो समय देखि पार्टीभित्र रिक्त रहेका सचिव पदमा गजेन्द्र मल्ल र सहसचिव जन्मजय भण्डारी सहित अन्य १० जना सदस्य मनोनित गरिएको पार्टी प्रबक्ता लोकेन्द्रबहादुर शाहीले बताए । रिक्त रहेका पदहरु मनोनितसंगै पार्टी १९ वटा बिभाग समिति समेत गठन गरेको प्रबक्ता शाहीको भनाई छ ।

उक्त बिभागहरुमा स्थानीयतहसँग समन्वय बिभाग, कोष तथा लेखा बिभाग, प्रचार प्रशार बिभाग, संगठन बिभाग लगायत १९ वटा बिभाग पार्टीले गठन गरेको छ ।

अनुशासन समिति पनि गठन
नेपाली काँग्रेस जिल्ला कार्यसमितिले ३ सदस्यीय अनुशासन समिति समेत गठन गरेको छ । उक्त समितिमा बरिष्ट नेता हस्तबहादुर मल्ल संयोजक, ऐनबहादुर शाही सदस्य र छिरिङ क्याप्ने लामा सदस्य रहेका छन ।
पहाड चढदा नेपाली काँगे्रस लाली गुराँस झै फुल्नु पर्छ ।।।

वि.सं.२०७७ साउन १० शनिवार १६:२६ मा प्रकाशित

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन् ।...