back
CTIZAN AD

जिपी फाउन्डेसन अमेरिकाले चौथो पटक ८ प्यालेट्स निःशुल्क शुद्व दुध वितरण ग¥यो

वि.सं.२०७७ साउन १० शनिवार

732 

shares

कोभिड १९ को महामारी सुरु भए लगत्तै समुदायलाई स्वस्थ र पोषिलो खानामा पहुँच दिलाउने उद्देश्यले आफै वितरण गर्दै आएको निशुल्क खाद्यान्न वितरण कार्यक्रम बाह्रौँ र अन्तिम पटक जुन २३, २०२० बेलुका भव्यताका साथ सम्पन्न गरेको गिरिजाप्रसाद कोइराला (जिपी) फाउण्डेशन अमेरिकाले चौथो पटक ८ प्यालेट्स शुद्व दुध वितरण गरेको छ ।

निःशुल्क खाधान्न वितरण कार्यक्रम न्युयोर्क शहरको क्वीन्स र ब्रुक्लीन बोरोस्थित विभिन्न संघसस्थाहरुमार्फत गर्ने जमर्को गर्दै शुक्रवार, जुलाई २४,२०२० मा चौथो पटक ८ प्यालेट्स शुद्व दुध वितरण गरेको जानकारी यसै फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमिरेले दिए।

रिभर फण्डका मुख्य उत्पादन अधिकारी डा. ओट्टो स्टार्जमेनसँग सहकार्य गरी निशुल्क शुद्व दुध वितरण गरिएको हो। उनले यसै फाउण्डेशनलाई फेरि ८ प्यालेट्स शुद्व दुध, प्रतेक प्यालेट मा १९२ ग्यालन गरि जम्मा १,५३६ ग्यालन अर्थात् ५,७६० लिटर शुद्व दुध सहयोग स्वरुप प्रधान गरेका थिए भने विभिन्न संघसस्थाका प्रतिनिधिहरुले आफ्नै सवारी साधन, जम्मा १६ वटा कार, १ वटा भेन र १ वटा ट्रक लिएर वेरहाउसबाट आफैं उठाएका थिए ।

गिरिजाप्रसाद कोईराला फाउण्डेसन अमेरिकाले न्युयोर्कको ब्रुक्लीन र क्वीन्समा रहेका संघसंस्थाहरु क्रमश: युनाईटेड शेर्पा एसोसिएसन अमेरिकाका उपाध्यक्ष फुर्वा शेर्पामार्फत ५०० ग्यालन दुध, रिजहुड नेपालिज सोसाईटिलाई यसै संस्थाका सदस्य एवम् नेकाँ नेता विनोद सुवेदीमार्फत ६० ग्यालन दुध, ईन आवर हार्ट्स ग्रुप ब्रुक्लीनकी कार्यकारी निर्देशक केएला सर्जीयोमार्फत अमेरिकालाई १०० ग्यालन दुध, द तिब्बतियन कम्युनिटी अफ न्यूयोर्क न्यूजर्सिलाई संस्थाकी म्यानेजर तेन्जीन सेयाङ डि टि वाङचुकमार्फत १०० बक्स काईन्ड बार, ने.काँ. युवा नेता अनिल पाण्डेमार्फत ३०० ग्यालन दुध, नेपाली अमेरिकन कलाकार संघलाई मेडिया कोओर्डीनेटर पुष्कर बराल मार्फत २० ग्यालन दुध, एन।आर। एन अमेरिका न्युयोर्क च्याप्टरलाई यसै संस्थाका अध्यक्ष रामहरि अधिकारीमार्फत ४० ग्यालन दुध, ग्रिन टचका कार्यकारी निर्देशक भिक्टर ईलाहीमार्फत १०० ग्यालन दुध, सोनम शेर्पा मार्फत ४० ग्यालन दुध, प्रेम क्षेत्री मार्फत ४० ग्यालन दुध, ल्याटिनो अमेरिकन का वान गोन्जालेज मार्फत १०० ग्यालन दुध, ने.का. युवा नेता भोजराज थोक्करमार्फत ६० ग्यालन दुध, पल्जु शेर्पा मार्फत ६० ग्यालन दुध, राजेश कार्की मार्फत ६० ग्यालेन दुध, लाएन्स क्लव क्वीन्स बुद्वकी अध्यक्ष रिमाया नेपाली मार्फत रवि सिवाकोटी र रमेश आचार्य लाई ६० ग्यालन दुध हस्तान्तरण गरेको थियो।

फाउन्डेसनको निःशुल्क खाद्य सामग्री वितरण कार्यक्रममा तन, मन र बचन दिएर क्रमशः उपाध्यक्ष सुवर्ण लामा, केन्द्रीय सदस्य सूर्य सीमखडा खटिएका थिए।

गिरिजा प्रसाद कोइराला फाउन्डेसन अमेरिकाले रिभर फण्डका मुख्य उत्पादन अधिकारीलाई धन्यवाद एवम् हार्द्वीक आभार व्यक्त गरेको छ ।

वि.सं.२०७७ साउन १० शनिवार १५:५० मा प्रकाशित

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

टोरन्टो । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले नेपाली डायस्पोराका केही...

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिका । अमेरिकाको न्युर्योकमा रहेर नेपाल नेपालीको सेवामा निरन्तर लागि...

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास, ब्रसेल्सले बेल्जियमस्थित विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूसँग...

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले यस सप्ताहन्त टोरन्टोको स्कारबरोस्थित...