back
CTIZAN AD

२९७ सुरक्षाकर्मीमा कोरोना संक्रमण, चारमहिनासम्म विमा भएन, भत्ता पनि पाएनन्

वि.सं.२०७७ साउन १२ सोमवार

672 

shares

१२ साउन, काठमाण्डौं । कोरोना संक्रमण रोकथामका लागि सडक देखि अस्पतालसम्म खटिएका सुरक्षाकर्मीमा संक्रमण बढ्दै गएको छ । आइतबारसम्म दुई सय ९७ सुरक्षाकर्मीमा संक्रमण देखिएको छ ।

प्रहरी प्रधान कार्यालयमा कार्यरत ५४ प्रहरीमा आइतबार संक्रमण देखिएको छ । सवारी शाखामा कार्यरत १ चालकमा रहेको संक्रमण अरुमा सरेको आशंकामा परीक्षण गर्दा थप ३ प्रहरीमा देखिएको हो । संक्रमित प्रहरी व्यारेकमै बस्दै आएकाले अन्य प्रहरीलाई पनि क्वरोन्टिनमा राखिएको छ । धेरै प्रहरीमा संक्रमण फैलिएको आशंकामा आइतबारदेखि प्रहरी प्रधान कार्यालयमा सर्वसाधारणलाई प्रवेशमा रोक लगाइएको छ । सबैजसो प्रहरीको परीक्षणको तयारी छ ।

केही दिनयता प्रहरीमा संक्रमण बढ्दो छ । प्रदेश १ का मोरङ, झापा र इलाममा संक्रमण देखिएको छ । नेपाल प्रहरीका १ सय १९ कर्मचारीमा हालसम्म संक्रमण देखिएको र त्यसमध्ये ९५ जना निको भइसकेको प्रहरी प्रवक्ता निरज शाहीले बताएको सोमबारको नयाँपत्रिका दैनिकमा समाचार छ ।

त्यस्तै सशस्त्र प्रहरीका ९१ कर्मचारीलाई संक्रमण देखिएको छ । जसमध्ये २१ जना उपचाररत छन् । संक्रमितमध्ये धेरैजसो भारतसँगको सीमा क्षेत्रमा खटिएका प्रहरी छन् । गत साता झापमा मात्र २० जनामा संक्रमण देखिएको थियो ।

त्यस्तै नेपाली सेनाका ८७ जनामा संक्रमण देखिएकोमा ७० जना पूर्ण निको भएर काममा फर्केको प्रवक्ता सन्तोष वल्लभ पौडेलले जानकारी दिएका छन् । उपचाररत १७ जनाको पनि स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

कोरोना रोकथाम तथा उपचारमा खटिएका कर्मचारीलाई सरकारले जोखिम भत्ता दिने निर्णय गरेपनि चार महिनासम्म कसैले पाएका छैनन् । साथै सबै राष्ट्र सेवकको कोरोना बिमा गरिने भनेर सरकारले निर्णय गरेपनि अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन ।

वि.सं.२०७७ साउन १२ सोमवार ०८:५९ मा प्रकाशित

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

काठमाडौँ ।  सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।...

आज नागपञ्चमी, नागको पूजा, आराधना गरी मनाइँदै

आज नागपञ्चमी, नागको पूजा, आराधना गरी मनाइँदै

पूर्णप्रसाद मिश्र, काठमाडौँ । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना...

विद्यालयका  बस तथा भ्यानमा गति नियन्त्रण उपकरण जडान गरिने

विद्यालयका बस तथा भ्यानमा गति नियन्त्रण उपकरण जडान गरिने

नारायणगढ (चितवन) ।  चितवनमा विद्यालयका सवारीसाधनलाई सुरक्षित, अनुशासित र प्रविधिमैत्री...

उपत्यकामा दुई दिनमा १६ हजार ३०० सिलिन्डर ग्यास बाँडियो

उपत्यकामा दुई दिनमा १६ हजार ३०० सिलिन्डर ग्यास बाँडियो

काठमाडौँ । नेपाल आयल निगम र जिल्ला प्रशासन कार्यालयको समन्वयमा...

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को संरक्षकको जिम्मेवारीमा जनार्दन शर्मा...

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...