back
CTIZAN AD

सन् राइज बैंकले घर कर्जा ८.९५ र शेयर धितो कर्जा ९.९५ ब्याजदरमा प्रदान गर्ने

वि.सं.२०७७ साउन १२ सोमवार

849 

shares

१२ श्रावण, काठमाडौँ । सन् राइज बैंकले आफ्ना ग्राहकहरुलाई आकर्षक व्याजदरमा कर्जा प्रवाह गर्ने योजनासहित सहज तथा सरल किस्ताबन्दीमा घर निर्माण, घर तथा जग्गा खरिद र शेयरको धितोमा कर्जा दिने व्यवस्था गरेको छ ।

सन् राइज घर कर्जा (Sunrise Home Loan)अन्तर्गत सेवाग्राहीले ४० वर्षसम्मको अवधिका लागि ८.९५५ व्याजदरमा घर जग्गा कर्जा लिन पाउनेछन् । यसै गरी बैंकले शेयर धितो कर्जामा  (Loan Against Shares) ९.९५५ ब्याजदरमा कर्जा प्रवाह गर्ने जनाएको छ ।

Covid -19 ले अर्थव्यवस्थामा परिरहेको असहज परिस्थितिका बावजुत पनि कर्जा सुबिधालाई सहजीकरण गर्ने उद्देश्यले बैंकले यो योजना ल्याएको हो ।

कर्जा लिन चाहने ग्राहकहरुले विना झन्झट छिटो छरितो कर्जा प्राप्त गर्न सक्नेछन् । ग्राहक महानुभावहरुले देशका १३४ स्थानमा फैलिएको सन् राइज बैंकका शाखाहरुबाट यो सुविधा उपभोग गर्न सक्ने बैंकले जनाएको छ । सिमित अवधिको लागि ल्याइएको यस योजनाबाट लाभ लिन सम्बन्धित सबै पक्षहरुबाट अपेक्षा बैंकले गरेको छ । आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्दै बैंकले यस्ता सरल तथा सहज किसिमका कर्जा योजनाहरु भविष्यमा पनि ल्याउँदै जाने बताएको छ ।

वि.सं.२०७७ साउन १२ सोमवार १४:०३ मा प्रकाशित

कसरी धराशायी भयो उदयपुर सिमेन्ट उद्योग ?

कसरी धराशायी भयो उदयपुर सिमेन्ट उद्योग ?

काठमाडौँ । उच्च गुणस्तरको चुनढुङ्गा खानी, जापानी सहयोगमा बनेको कारखाना...

नेपाल टेलकमको नाफा बढ्यो

नेपाल टेलकमको नाफा बढ्यो

काठमाडौँ । नेपाल टेलिकमले गत आर्थिक वर्ष २०८२/८३ को चौथो...

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित

काठमाडौं । नेपालका पर्यटन व्यवसायीहरूको छाता संगठन नेपाल एसोसिएसन अफ...

बेनी–जोमसोम–कोरला सडक :  हालसम्म आठ अर्ब ९६ करोड खर्च

बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

सुन्दरकुमार थकाली, मुस्ताङ ।  चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला)...

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ ।  आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...