back
CTIZAN AD

हेल्पिङ ह्याण्डस् मकाउद्धारा गाला डिनर सम्पन्न

वि.सं.२०७७ साउन १२ सोमवार

1K 

shares

१२ साउन, मकाउ । नेपाली सहयोगी हात (हेल्पिङ ह्याण्डस) मकाउले गाला डिनर सम्पन्न गरेको छ ।

संस्थाका अध्यक्ष सुदर्शन थापाको अध्यक्षतामा सम्पन्न उक्त डिनर कार्यक्रममा संस्थाका निर्देशक उदय वाग्लेले संस्था स्थापना गर्नुको उद्धेश्य र हाल गरिरहेका कामहरुका बारेमा पावरप्वाइन्टबाट प्रस्तुति दिएका थिए ।

लेंग च्यारिटी एसोसियसन मकाउका सिइओ Ms.VONG SAP MUI को प्रमुख आतिथ्यतामा सम्पन्न उक्त डिनर कार्यक्रममा Ao Leong Kuong -kao ( macau Oversis worker assosiation ) President, Lorence Lameiras,  Madam rose,जनसम्पर्क समितिका सहसचिव नवराज पराजुली, हेन्ड्स मकाउका अध्यक्ष प्रेम कुमार बिक, मगर संघ मकाउका सचिव शालिक बगाले मगर, तामाङ घेदुङ मकाउका उपाध्यक्ष कुल बहादुर तामाङ, एमजीएम सेक्युरेटी ग्रुपका उद्धव सिंह कुँवर र राजु नगरकोटीको आतिथ्यता रहेको थियो ।

प्रमुख अतिथि, संस्थाका अध्यक्ष थापा र निर्देशक वाग्लेद्धारा पानसमा बत्ति बालेर उद्घाटन गरिएको उक्त कार्यक्रममा अतिथिहरुलाई प्रमुख अतिथि Ms.VONG SAP MUI  र Ao Leong Kuong Lorence Lameiras को हातबाट ढाकाको टोपी लगाएर सम्मान गरिएको थियो ।

त्यसैगरी संस्थाका सदस्य गुप्त बहादुर राना मगर (जसलाई केही दिन अगाडि कुकुरले टोकेको थियो) लाइ स्वास्थ्योपचारका लागि मकाउ पताका १५ सय हस्तान्तरण गरिएको थियो । साथै जुलाई ११ र १८ मा संस्थाद्धारा आयोजित रक्तदान कार्यक्रममा सहभागी २३ रक्तदाताहरुलाई सम्मान गर्दै प्रमाणपत्र वितरण गरिएको थियो ।
त्यसैगरी सोहि अवसरमा ६ जनाले संस्थाको सदस्यता समेत लिएका थिए ।

कार्यक्रममा संस्थाको सामाजिक काम अगाडि बढाउनका लागि प्रमुख अतिथिबाट, निर्देशक उदय वाग्लेको विजनेश एसोसिएसन,  अतिथि लमेइरस, हेण्ड्स मकाउका अध्यक्ष प्रेम कुमार बिक र तामाङ घेदुङ संघको उपाध्यक्ष कुल बहादुर तामाङबाट आर्थिक सहयोग प्राप्त भएको संस्थाले जनाएको छ ।

कार्यक्रममा मइ, जुन र जुलाई महिनामा जन्मदिन परेका सदस्यहरुको सामुहिक जन्मोत्सव मनाएर खादा लगाई शुभकामना दिइएको थियो भने कार्यक्रमको अन्तिममा संस्थाद्धारा मास्क र स्यानिटाइज र वितरण गरिएको थियो ।

वि.सं.२०७७ साउन १२ सोमवार १४:०५ मा प्रकाशित

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

टोरन्टो । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले नेपाली डायस्पोराका केही...

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिका । अमेरिकाको न्युर्योकमा रहेर नेपाल नेपालीको सेवामा निरन्तर लागि...

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास, ब्रसेल्सले बेल्जियमस्थित विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूसँग...

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले यस सप्ताहन्त टोरन्टोको स्कारबरोस्थित...