back
CTIZAN AD

प्रचण्ड पक्षीय भेलाको निष्कर्ष, अब पार्टी निर्णय बहुमतबाट

वि.सं.२०७७ साउन १२ सोमवार

837 

shares

काठमाडौं । सत्तारुढ नेकपाभित्र किचलो बढिरहेको बेला अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षीय समुहको भेलाले विवाद समाधानको निकास बहुमतबाट खोज्ने निर्णय गरेको छ । दाहाल निवास खुमलटारमा सोमबार बिहान भएको भेलाले पार्टी विवाद समाधानको उपाय बहुमतबाट गर्ने निर्णय गरेको हो ।

भेलामा अध्यक्ष दाहालसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’सहितका केही स्थायी कमिटी नेताहरुको सहभागिता थियो । गत असार १० देखि जारी स्थायी कमिटी बैठक आन्तरिक विवादकै कारण अनिश्चित बन्दै गएको बेला भएको भेलाले बहुमतबाट निर्णय गर्ने गरि निष्कर्ष निकालेको हो ।

भेलाले मंगलबार बोलाईएको स्थायी कमिटी बैठक रोक्न नदिने पनि निष्कर्ष पनि निकालेको छ । जनाइएअनुसार खुमलटार भेलामा उपाध्यक्ष वामदेव गौतमको भने उपस्थिति थिएन ।

गत असार १० देखि सुरु स्थायी समिति बैठक आन्तरिक विवादका कारण असार १८ देखि लगातार स्थगित हुँदै आएको थियो । बैठक ८ पटकसम्म स्थगित भएको थियो । सहमतीका लागि भन्दै यसअघि असार २०, २२, २४, २६ र साउन २ र ४ मा स्थगित भएको थियो । गत असार ६ मा बसेको स्थायी समिति बैठक पनि एजेण्डामै प्रवेश नगरी स्थागित भएको थियो ।

स्थायी समिति बैठकका बीच बहुमत स्थायी समिति सदस्यले प्रधानमन्त्री एंव पार्टी अध्यक्ष ओलीको राजीनामा मागेसँगै नेकपाभित्र विवाद चुलिएको थियो । विवादकै कारण स्थायी समिति बैठक अवरुद्ध हुँदै आएको छ ।

वि.सं.२०७७ साउन १२ सोमवार १४:१७ मा प्रकाशित

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...

साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै, उजुरी घट्दै

साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै, उजुरी घट्दै

नेपालगन्ज ।  बाँकेमा अहिलेसम्म साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै र उजुरी...

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...