ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको “हाम्रो विकास प्रवर्द्धन कोष”मार्फत राष्ट्रिय आविष्कार केन्द्रलाई सो केन्द्रको“ न्यानो नानी” परियोजनाको लागि सहयोग प्रदान गर्ने निर्णय गरेको छ। नवजात शिशुको शारिरिक तापक्रम उचित राख्न प्रयोग हुने राष्ट्रिय आविष्कार केन्द्रको १० वटा“ न्यानो नानी” बेबी वार्मर बनाउन बैंकले सहयोग गर्ने भएको बैंकले जनाएको छ।
ज्योति विकास बैंकले श्रावण ९ गते शुक्रबारको दिन स्थापनाको १२ औं वार्षिकोत्सव मनाएको छ। हालको कोभिड महामारीको स्थितिलाई मध्यनजर गर्दै बैंकले सञ्चालक समितिका सदस्य, भुतपूर्व सञ्चालकहरु र कर्मचारीको उपस्थितिमा कमलादीस्थित कार्यालय प्राङ्गणमै वार्षिकोत्सव मनाएको हो ।
बैंकका सञ्चालक समितिका अध्यक्ष हरिचन्द्र खड्काले समारोहको अध्यक्षता गरेका थिए । साथै कार्यक्रममा विशिष्ट अतिथिको रुपमा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा। महावीर पुन, बैंकका संस्थापक अध्यक्ष तथा शेयर धनी ध्रुव उप्रेती, संस्थापक शेयर धनी तथा भुतपूर्वअध्यक्ष ध्रुवकुमार भट्टराई र संस्थापक शेयर धनी हरिप्रसादको उपस्थिति रहेको थियो ।
वार्षिकोत्सवको अवसरमा बैंकले रक्तदान कार्यक्रम आयोजना गरेको छ जसमा ३४ जना व्यक्तिले रक्तदान गरेका छन्।
सोही समारोहमा ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको “हाम्रो विकास प्रवर्द्धन कोष”मार्फत राष्ट्रिय आविष्कार केन्द्रलाई सो केन्द्रको“ न्यानो नानी” परियोजनाको लागि सहयोग प्रदान गर्ने निर्णय गरेको छ। नवजात शिशुको शारिरिक तापक्रम उचित राख्न प्रयोग हुने राष्ट्रिय आविष्कार केन्द्रको १० वटा“ न्यानो नानी” बेबी वार्मर बनाउन बैंकले सहयोग गर्ने भएको बैंकले जनाएको छ। बैंकको तर्फबाट सञ्चालक समितिका अध्यक्ष हरिचन्द्र खड्काले राष्ट्रिय आविष्कार केन्द्रको “ न्यानो नानी” परियोजनाको लागि रु ८ लाख सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। अध्यक्ष हरिचन्द्र खड्काले मन्तव्य प्रस्तुत गर्दै बैंक अझ सफल रुपमा विस्तारित हुंदै ग्राहकवर्ग, शेयर धनी र कर्मचारीको उज्ज्वल भविष्यको लागि निरन्तर प्रयास गरिने बताए । अध्यक्ष खड्काले ज्योति विकास बैंकले राष्ट्र बैंकले हालको कोभिड महामारिलाई मध्य नजर गरी ल्याएको कर्जाको व्याजमा २% छुटको व्यवस्थालाई बिना कुनै शर्त सम्पूर्ण कर्जा ग्राही ग्राहकहरुलाई दिईसकेको जानकारी पनि गराए ।
१२औं वार्षिकोत्सवको अवसरमा बैंकले डिजिटल प्रविधिमार्फत ४ वटा नयाँ शाखाको पनि औपचारिक उद्घाटन गरेको छ। कार्यक्रमका विशिष्ट अतिथि हरिप्रसादले बैंकको केन्द्रीय कार्यालयबाटै डिजिटल प्रविधिमार्फत सामरी, बेनी, बागलुङ, फुटुङ शाखा र घोराहि शाखा स्थित बैंकको ६१ औं ATMको पनि डिजिटल उद्घाटन गरेका थिए।
वार्षिकोत्सवकै अवसरमा ग्राहक वर्गहरुलाई शेयर कारोबारको लागि थप सुविधा प्रदान गर्न बैंकले “डिपि (Depository Participant) सेवा” सुचारु गरेको छ। सो सेवा ज्योति विकास बैंकको देशभरिको १०५ वटै शाखाबाट उपलब्ध हुने बताइएको छ।
सोहि अवसरमाबैंकमा १० वर्ष निरन्तर कार्यरत रहि योगदान दिएका कर्मचारीहरुलाई पनि सम्मानित गरिएको छ। सञ्चालक समितिका अध्यक्ष हरिचन्द्र खड्का र प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्रभट्टलेसंयुक्त रुपमा कर्मचारीहरुलाई पदक तथा कदरपत्र प्रदान गरेका थिए।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टले बैंकले आफ्नो मूल उद्देश्य, दूरदृष्टि, ध्येयर मुल्य मान्यताहरुको अधीनमा रहि अझ सफलता उन्मुख हुने र समाजको वृहत्तर हितको लागि योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरे । समारोहमा बोल्दै कार्यक्रमका विशिष्ट अतिथि, राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा महावीर पुनले ज्योति विकास बैंकले केन्द्रको परियोजनामा गरेको सहयोग उदाहरणीय रहेको र यस सहयोगले राष्ट्रिय आविष्कार केन्द्रको लागि संस्थागत साझेदारीको बाटो खोलिदिएको बताए ।
हाल ज्योति विकास बैंकले १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ वटा ATM मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ। हालसम्म बैंकले ३ लाख भन्दा बढि खाताबाट करिब रु। ३७ अर्ब निक्षेप संकलन गरी २० हजार भन्दा बढि ऋणीलाई करिब रु। ३१ अर्व लगानी गर्न सफल भएको छ।
वि.सं.२०७७ साउन १२ सोमवार १४:२८ मा प्रकाशित






























