काठमाडौं । सत्तारुढ नेकपाका नेता जर्नादन शर्मा ‘प्रभाकर’ले चेपाङ्गबस्तीमा आगो लगाउनेलाई कारबाही गर्न माग गरेका छन् । उनले सरकारलाई आफ्नो गल्ती सच्चाउँदै आगो लगाउनमा सहभागीलाई कारबाहीको माग गरेका हुन् ।
सोमबार सामाजिक सञ्जाल ट्विटरमार्फत नेता शर्माले पीडितलाई तत्काल घर बनाईदिन पनि माग गरेका छन् । ‘सरकारलाई मेरो आग्रह– गल्ती सच्याऊ, दोषीलाई कार्बाही गर,’ शर्माले लेखेका छन्, ‘१० दिनमै घर जलेका चेपाङलाई नयाँ घर बनाइदेऊ ।’
सरकारलाई मेरो आग्रह गल्ती सच्याउ,दोषीलाई कार्वाही गर,१० दिनमै घर जलेका चेपाङलाई नयाँ घर बनाइदेउ ।।
— Janardan Sharma (@JSPrabhakar) July 27, 2020
हालै चितवनको माडीस्थित कुसुमखोलामा रहेको चेपाङबस्तीमा चितवन राष्ट्रिय निकुञ्ज र सेनाको टोलीले हात्ती लगाएर घर भत्काउने र आगो लगाएर घर जलाउने काम गरेको थियो । बस्तीका दुई घरमा आगो लगाइनुका साथै आठ घरमा हात्ती लगाएर भत्काइएका थिए ।
घर भत्काएपछि वर्षातको बीच चेपाङ्ग समुदाय बिचल्लीमा परेका छन् । जसको चौतर्फी आलोचना भइरहेको छ ।
वि.सं.२०७७ साउन १२ सोमवार १५:१८ मा प्रकाशित




























