back
CTIZAN AD

विदेशबाट फर्किएर तरकारी खेतीमा रमाउँदै पाल्पाका युवा

वि.सं.२०७७ साउन १२ सोमवार

780 

shares

१२ साउन, रामपुर । पाल्पाको बगनासकाली गाउँपालिका–६ यम्घाका ओमप्रकाश बस्यालले काम र दामका लागि करीब दश वर्ष साउदी अरबमा बिताए । लामो समयसम्म विदेशमा काम गरेका बस्याल अहिले भने गाउँ फर्केर तरकारी खेतीमा रमाएका छन् । आफूसहित तीनजना साथीको सहकार्यमा तरकारी खेतीमा लागेका छन् ।

“पहिला गाउँमा कमाउने उपाय देखिएन, विदेशिनुपर्ने रहरभन्दा नि बाध्यता थियो, अहिले गाउँमै कृषि कार्यमा जाँगर बढेको छ”, उनले भने । विदेशबाट फर्केका यहाँका तीन युवा मिलेर २० रोपनी जग्गा भाडामा लिई तरकारी खेती गरेका छन् ।

समूहमा तरकारी खेती गर्दा विदेशमा पाएको दुःख भुल्दै गएको दीपकप्रसाद बस्याल बताउछन् । करीब दश वर्ष सम्मको समय उनले कतारमा बिताए । होटल क्षेत्रमा काम गर्ने बस्याल अहिले गाउँका जग्गामा परिवारका साथ काम गर्न पाउँदा खुशी छन् ।

युवाले तीन वर्षअघि रु दुई÷दुई लाख रकम उठाएर तरकारी खेती शुरु गरेको बताएका छन् । अहिले वर्षमा करीब रु पाँच\छ लाख बराबरको आम्दानी हुने गरेको भीमप्रसाद बस्यालले बताए । वार्षिक रु १५ लाख बराबरको कमाई गर्ने लक्ष्य रहे पनि शुरुआती चरणमा पनि तरकारी खेतीबाट राम्रै आम्दानी भएको उनी बताउँछन् । यहाँ उत्पादन भएको तरकारी पाल्पा सदरमुकाम तानसेन, बुटवल बजारमा खपत भइरहेको छ । विदेशबाट गाउँ फर्केका धेरैजसो युवाले कृषि व्यवसायमा आबद्ध रहेको बगनासकाली कृषि शाखाप्रमुख राजेश बोहरा बताउछन् । गाउँपालिकाले व्यवसायमा लागेका युवालाई प्रोत्साहनस्वरुप अनुदानका कार्यक्रम चलाएको छ ।

यस्तै, रामपुर नगरपालिका–४ देवीस्थानमा दिलबहादुर थापा र लालबहादुर थापाले पनि समूहमा तरकारी खेती गरेका छन् । उनीहरु पनि विदेशबाट फर्केलगत्तै यस व्यवसायमा लागेका छन् । तीन वर्षअघि करीब ११ रोपनी जग्गा वार्षिक रु ४० हजार बुझाउने गरी भाडामा लिएर बेमौसमी तरकारी उत्पादन गर्दै आएका छन् । तरकारी बिक्रीबाट एक वर्षमा रु पाँच लाख आम्दानी लिन्छन् ।

आधुनिक प्रविधिको प्रयोग गरी तरकारी खेती गरेपछि उत्पादन राम्रो हुँदै गएको दिलबहादुर थापाले बताए । करीब ११ वर्षको समय बहराइनमा रहँदा थापाले उच्च प्रविधिको तरकारी (हाइटेक) टनेलमा काम गर्थे । त्यहाँको अनुभवले गाउँकै जग्गामा नयाँ सोच र प्रविधिको प्रयोग गरी तरकारी खेती शुरु गरेका हुन् ।

थापाको तरकारी व्यवसाय अहिले अवलोकनयोग्य बनेको छ । बहराइनमै करीब आठ वर्ष बिताएका लालबहादुर थापा पनि गाउँकै जमीनमा पसिना बगाउन पाउँदा आनन्द लाग्ने गरेको बताउछन् । कृषकलाई नयाँ प्रविधि दिन सकियो भने उत्पादन राम्रो लिन सक्ने हुँदा प्रविधि सिकाउन स्थानीय सरकारले जोड दिनुपर्ने कृषकको माग छ ।

रामपुर नगरपालिका क्षेत्रमा करीब पछिल्लो समय कृषि व्यवसायमा युवाको आकर्षण बढ्दै गएपछि युवा स्वरोजगार अनुदानका कार्यक्रममार्फत हौसला बढाउन व्यवसायमा लगानी गरिदिएको कृषि शाखाप्रमुख रामहरि पाण्डेयले बताउँछन् । वैदेशिक रोजगारीमा निकै सङ्घर्ष गरेका धेरैजसो युवा कृषिमा आबद्ध रहेको पाइएको छ । विदेशबाट फर्किसकेपछि युवाले समूह तथा व्यक्तिगत तवरले मिहेनतका साथ कृषिमा लागेको कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्याल बताउछन् । ज्ञान केन्द्रले तोकेको कार्यविधिअनुसार काम गर्ने कृषकलाई व्यवसायमा सहयोग गर्ने उनले बताए ।  रासस

file- photo

वि.सं.२०७७ साउन १२ सोमवार १५:१५ मा प्रकाशित

कोहलपुरमा अतिक्रमण गरिएका सात सय घरटहरा हटाइए

कोहलपुरमा अतिक्रमण गरिएका सात सय घरटहरा हटाइए

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण...

घरवासको आनन्द लिन रामकोट जाने कि !

घरवासको आनन्द लिन रामकोट जाने कि !

रामकोट (बन्दीपुर) । तनहुँ बन्दीपुर गाउँपालिका–३ स्थित रामकोट गाउँ पर्यटकका...

नेपाल स्वयमसेवी रक्तदाता समाज तिलोत्तमाको साधारणसभा सम्पन्न

नेपाल स्वयमसेवी रक्तदाता समाज तिलोत्तमाको साधारणसभा सम्पन्न

काठमाडौं । नेपाल स्वयंसेवी रक्तदाता समाज तिलोत्तमा शाखाको पाँचौ वार्षिक...

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तम्घास (गुल्मी) । सदरमुकाम तम्घासमा यही वैशाख ११ देखि गुल्मी...

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरले यहाँको मुल सडक विस्तारको क्रममा...

लुम्बिनी प्रदेशमा चैते धानखेतीको क्षेत्रफल घट्दै

लुम्बिनी प्रदेशमा चैते धानखेतीको क्षेत्रफल घट्दै

लुम्बिनी । लुम्बिनी प्रदेशका तराईका जिल्लामा चैते धानखेतीमा किसानको आकर्षण...