back
CTIZAN AD

छोराद्धारा बाबुको हत्या

वि.सं.२०७७ साउन १२ सोमवार

717 

shares

१२ साउन, जुम्ला । कनकासुन्दरी गाउँपालिका–४ का ऐनबहादुर शाहीले आफ्नै बुबा ७५ वर्षीय दानबहादुरको हत्या गरेका छन् । बाहिर मदिरा सेवन गरी घर आएका ऐनबहादुरमाथि कुटपिट गरी बुबाको हत्या गरेको आरोप लगाइएको छ ।

प्रहरी नायब उपरीक्षक लालबहादुर धामीका अनुसार छोरा ऐनबहादुरले आफ्नै बुबाको कुटपिट गरेर शनिबार राति हत्या गरेको बताए । छोरा ऐनबहादुरले मदिरा प्रयोग गरेर घटना गरेको प्रहरीले जनाएको छ । घटनापछि घाइते दानबहादुरलाई उपचारका लागि सदरमुकाम ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको र शव परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा ल्याइएको छ ।

छोरा ऐनबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको र सदरमुकाम ल्याउनलाई प्रहरी निरीक्षक देवराज भट्टराई सहितको टोली कनकासुन्दरीको घटनास्थल चौकीमा गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतकको टाउको, आँखा र कोखामा चोटपटक लागेको छ । मृतक नेपाल प्रहरीका निवृत्त सहायक निरीक्षक भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । रासस

 

वि.सं.२०७७ साउन १२ सोमवार १५:०६ मा प्रकाशित

हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो

हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो

अदानचुली (हुम्ला) । हुम्लाको चङ्खेली गाउँपालिका–५ नेप्का गाउँमा गएराति खसेको...

कर्णाली प्रदेश अस्पतालको ‘ओपीडी’ भवन निर्माण गरिने

कर्णाली प्रदेश अस्पतालको ‘ओपीडी’ भवन निर्माण गरिने

काक्रेविहार (सुर्खेत) । कर्णाली प्रदेश अस्पतालको छुट्टै ओपिडी भवन निर्माण...

अनुमतिविना यार्सागुम्बा सङ्कलन गर्न गएका २५ जना नियन्त्रणमा

अनुमतिविना यार्सागुम्बा सङ्कलन गर्न गएका २५ जना नियन्त्रणमा

मुगु । अनुमतिविना यार्सागुम्बा सङ्कलनका लागि गएका २५ जनालाई प्रहरीले...

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

अदानचुली (हुम्ला) । जिल्ला अस्पताल सिमकोटमा एक जना डेङ्गु सङ्क्रमित...

सुदूरपश्चिममा नौ महिनामा चौध सय फरार कैदीबन्दी पक्राउ

सुदूरपश्चिममा नौ महिनामा चौध सय फरार कैदीबन्दी पक्राउ

महेन्द्रनगर । सुदूरपश्चिम प्रहरीले बितेको नौ महिनाको अवधिमा यहाँ एक...

कर्णाली प्रदेशसभाको आठौँ अधिवेशन आह्वानका लागि सिफारिस

कर्णाली प्रदेशसभाको आठौँ अधिवेशन आह्वानका लागि सिफारिस

कर्णाली । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको आठौँ अधिवेशन आह्वानका सिफारिस...