back
CTIZAN AD

पदाधिकारी एवम् सदस्यहरुको बिदाई

वि.सं.२०७७ साउन १२ सोमवार

783 

shares

१२ श्रावण, काठमाडौँ । नेपाल तेक्वान्दो संघद्घारा सातदोबाटो ललितपुर स्थित संघको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बिच केन्द्रीय कार्य समितिको विभिन्न पदमा रहेका पदाधिकारी तथा सदस्यहरुलाई विदाई गरिएको छ ।

विदाई गरेका सबै पदाधिकारीहरु राष्ट्रिय खेलकुद परिषदमा कार्यरत् कर्मचारी रहेको र नेपाल सरकार द्वारा जारी गरिएको राष्ट्रिय खेलकुद विकास ऐन २०७७ मा व्यवस्था भए बमोजिम राष्ट्रिय खेलकुद परिषदका कर्मचारीहरु खेल संघका कुनै पनि पदमा नरहने प्रावधान अनुसार निजहरुले उक्त ऐनको सम्मान र पालना गर्दै आ–आफ्नो पदबाट राजिनामा दिएकाले सो राजीनामा स्वीकृती गरी संघ द्वारा विदाई गरिएको हो ।

नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश शम्शेर राणाको सभापतित्वमा आयोजित उक्त अवसरमा मन्तव्य राख्दै नेपाल तेक्वान्दो संघका महासचिव दीपराज गुरुङ्गले सबै पदाधिकारीहरुलाई तेक्वान्दो खेलको विकास र संस्थागत हितका लागी पुर्याएको भुमिका र योगदानका लागी धन्यवाद व्यक्त गरे ।

मन्तव्यकै क्रममा महासचिव गुरुङ्गले तेक्वान्दो परिवारका पदाधिकारीहरुलाई विदाई गर्नु पर्दा आफुलाई दुखः लागेको कुरा बताउदै सबै प्रशिक्षकहरुको योग्यता र क्षमतालाई संघले उच्च सम्मान गर्ने र आगामी दिनमा सबै मिलेर तेक्वान्दो खेल र संस्थाको विकासका लागी सहयोग पुर्याउन आग्रह गरे ।

कार्यक्रममा संघका अध्यक्ष प्रकाश शम्शेर राणाले सबै पदाधिकारीहरुलाई तेक्वान्दो खेलको विकासमा पुर्याएको योगदानको उच्च प्रशंसा गर्दै भविश्यमा पनि यस्तै प्रकारको योगदानका लागी अनुरोध गर्दै धन्यवाद व्यक्त गरेका थिए । उक्त अवसरमा तपसिलका उल्लेखित पदाधिकारीहरुलाई विदाई गरिएको थियो ।

तपशिल :
१  श्री नविन कुमार श्रेष्ठ सचिव
२  श्री दिपक विष्ट सचिव/प्रवक्ता
३  श्रीसुमन कुमार घले सह–कोषाध्यक्ष
४  श्री टिका प्रसाद लिम्बु सदस्य
५ श्री संगिना वैद्य सदस्य
६  श्री नोर्बु लामा सदस्य
७. श्री हेमन्त डाँगी सदस्य
८. श्री श्रीमान थापा मगर सदस्य
९. श्री पूर्ण योञ्जन सदस्य
१०. श्री कविराज खड्गी सदस्य
११. श्री हिरा बहादुर थापा सदस्य
१२. श्री मिन न्यौपाने सदस्य

वि.सं.२०७७ साउन १२ सोमवार १५:०१ मा प्रकाशित

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...