back
CTIZAN AD

हेर्नुहोस् यी हुन् आजका सुन्दर तस्बिरहरु

वि.सं.२०७७ साउन १२ सोमवार

786 

shares

१२ साउन, काठमाण्डौं । पोखरा महानगरपालिका-३१ कोटवारिबाट देखिएको लेखनाथमा अवस्थित वेगनास ताल । वेगनास नेपालकै तेस्रो सबैभन्दा ठूलो ताल मानिन्छ । तीन सय २३ हेक्टर क्षेत्रफलमा फैलिएको तालको औसत गहिराइ १० मिटर छ ।

बिपी राजमार्ग हुँदै तराईको पूर्वी जिल्लाहरुबाट काठमाडौँ उपत्यका प्रवेश गर्ने नाका काभ्रेपलाञ्चोकको साँगामा सोमबार सर्वसाधारणको स्वाब सङ्कलन गर्दै स्वास्थ्यकर्मी ।

पोखरामा निर्माणाधीन राष्ट्रिय गौरवको पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको आन्तरिक तथा बाह्य टर्मिनल भवन । सो भवनको अधिकाँस काम सम्पन्न भएर फिनिसिङको चरणमा छ भने विमानस्थलको हालसम्म समग्रमा ६२ प्रतिशत काम सकिएको आयोजनाले जनाएको छ ।

बस्तीबीच धानखेतको हरियाली सुन्दरता । जेठो बूढो धानका लागि प्रसिद्ध पोखरा–१७, बिरुवा फाँटमा पछिल्लो समय बस्ती बढेसँगै धानखेतहरु प्लटिङमा परिणत हुन थालेका छन् ।

नवलपरासी (बर्दघाट-सुस्ता पूर्व ) देवचुली–१६ रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयबाट कोरोना मुक्त । चिकित्सालयबाट हालसम्म २५९ जना कोरोना सङ्क्रमित उपचारपछि घर फर्र्किकएका छन् ।


दाङको लमही नगरपालिका–५ निवासी घनश्याम सुवेदीले गरेको व्यावसायी लोकल कुखुरापालन । शिक्षण पेसाबाट अवकास लिएर सुवेदीले व्यावसायिक रुपमा लोकल कुखुरा पालन गरिरहेका छन् ।

 


तस्बिरहरु रासस

वि.सं.२०७७ साउन १२ सोमवार १५:५० मा प्रकाशित

प्रतिनिधिसभाः यार्सा खोज्ने क्रममा लेक लागेर बिरामी परेका युवाको उद्धार गर्न माग

प्रतिनिधिसभाः यार्सा खोज्ने क्रममा लेक लागेर बिरामी परेका युवाको उद्धार गर्न माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद...

दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

मुस्ताङ । चालु आर्थिक वर्ष २०८२÷८३ को दश महिनामा पाँच...

नेपाल टेलिकमको प्रवक्तामा लामिछाने नियुक्त

नेपाल टेलिकमको प्रवक्तामा लामिछाने नियुक्त

काठमाडौँ । नेपाल टेलिकमले कम्पनीको केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको...

गर्भवतीको हेलिकप्टरमार्फत उद्धार

गर्भवतीको हेलिकप्टरमार्फत उद्धार

बाजुरा । जिल्लाको बुढीनन्दा नगरपालिकाको कोल्टीस्थित कोल्टी आधारभूत अस्पतालमा सुत्केरी...

बबई नदीको पानी लिफ्टिङ गरी तुलसीपुरमा ल्याउन छ महिना लाग्ने

बबई नदीको पानी लिफ्टिङ गरी तुलसीपुरमा ल्याउन छ महिना लाग्ने

दाङ । तुलसीपुर नगरवासीलाई सफा, शुद्ध पानी सहज तरिकाले वितरण...