back
CTIZAN AD

यस्तो छ तपाईको मंगलबारको राशिफल, हेर्नुहोस्, आज क-कसलाई छ त लाभ ?

वि.सं.२०७७ साउन १३ मंगलवार

597 

shares

मेष- चु, चे, चो, ला, लि, लु, ले, लो, अ
परिवेश उल्लासमय रहे पनि जीवनशैली व्यस्त रहनेछ । प्रतिष्ठा एवं लोकाचारका लागि अनावश्यक काममा जुट्नुपर्ला । भोगविलासले फजुल खर्च बढाउनेछ । सुखको आनन्दमा साथ दिन आउनेहरू समस्या पर्दा टाढिनेछन् । प्रेम र मित्रताको बन्धनले परोपकारी काममा प्रवृत्त गराउनेछ । खर्च लागे पनि रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ ।

वृष- इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन् । योजना गोप्य राखेर अघि बढ्नुहोला, बिस्तारै फाइदा हुनेछ । चुनौती चिर्दै काम बनाउन सकिनेछ । स्वास्थ्य सबल रहनेछ भने पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ । प्रतिस्पर्धामा पनि विजयी भइनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ । रोकिएका काम पुनः प्रारम्भ गर्न सकिनेछ।

मिथुन -का, कि, कु, घ, ङ, छ, के, को, ह
आँटले सजिलै लक्ष्यमा पुर्याउनेछल। सुखद समाचारले आजको दिन उत्साहपूर्ण रहनेछल। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछल। प्रतिष्ठित काम सम्पादन गर्ने समय छल। व्यापार, पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ। सन्तान वा अनुयायीको साथले पनि हिम्मत जगाउनेछ । दिगो फाइदा हुने काम सम्पादन गर्न सकिनेछ ।

कर्कट -हि, हु, हे, हो, डा, डि, डु, डे, डो
परिस्थितिअनुसार चल्न नसक्ता अलि दुःख पाइनेछ । हतारको निर्णयले काम बिग्रन सक्छ । महत्वाकांक्षी योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्याउन सक्छन् । अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ । मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला । आमाको सहयोगले फाइदा उठाउन सफल भइनेछ । तर बेसुरमा गरिएको काम दोहोर्याउनुपर्ला ।

सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे
नयाँ काम प्रारम्भ गर्ने समय छ । चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिलो हुनेछ । लगानी गर्दा व्यवसायमा मनग्गे धनलाभ हुनेछ । मिहिनेतले दिगो फाइदा दिलाउन सक्छ । पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ । प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन् ।

कन्या -टो, प, पि, पु, ष, ण, ठ, पे, पो
अध्ययनमा प्रगति हुनेछ। लेखन तथा सिर्जनात्मक कामबाट ख्याति मिल्न सक्छ। प्रयत्न गर्दा बोलीको भरमा काम बन्नेछ । आलोचकहरूले समेत प्रशंसा गर्न थाल्नेछन् । मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । सहयोगीहरूले साथ दिनेछन् भने अहिले मिहिनेत गर्दा पछिसम्म लाभ मिल्नेछ । पहिलेका कमजोरीलाई सुधार गर्ने अवसर प्राप्त हुनेछ ।

तुला- र, रि, रु, रे, रो, ता, ति, तु, ते
प्रयत्न गरेको काम छिटै पूरा हुनाले समय फुर्सदिलो रहनेछ । इच्छाशक्तिद्वारा महत्वाकांक्षी कार्य प्रारम्भ होला । साथ दिनेहरू बढ्नेछन् भने मान–सम्मान समेत प्राप्त हुने समय छ । पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । नयाँ कामको नेतृत्व लिन सफल भइनेछ ।

वृश्चिक -तो, ना, नि, नु, ने, नो, या, यि, यु
समयमा होस नपुग्नाले खर्च बढ्नेछ । ठूलो प्रयत्नले सामान्य उपलब्धि दिलाउनेछ । तर खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला । शुभचिन्तकहरूलाई बेवास्ता गर्दा दुःख पाइएला । परिवारजनबाट समेत टाढिनुपर्ला । प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। आफ्नै कमजोरीले विवाद निम्त्याउनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ ।

धनु -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
मनग्गे आम्दानी भए पनि प्राप्त रकम परिस्थितिवश खर्चनुपर्ला । मिहिनेत परे पनि श्रमको समुचित मूल्यांकन नहुन सक्छ । चिताएको काम समयमा पूरा नहुन सक्छ । पढाइलेखाइमा त्यति मन नजाला । अरूको भरण–पोषणमा खर्च बढ्नेछ । तापनि पछि फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । रोकिएका काममा अग्रजहरूको सहयोग जुट्न सक्छ ।

मकर -भो, ज, जि, खि, खु, खे, खो, गा, गि
प्रतीक्षा गरिएको काम छिटै सम्पादन हुनेछ । आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ । सामाजिक दायित्व बढ्नेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ । कीर्तिमानी काम गर्ने समय छ। प्रयत्न गर्दा महत्वपूर्ण वस्तु लाभ होला । सहयोगीहरूले हिम्मत दिलाउनेछन् ।

कुम्भ- गु, गे, गो, सा, सि, सु, से, सो, द
नसोचेको अवसरले नयाँ जिम्मेवारी दिलाउन सक्छ । टाढिएका साथीभाइ नजिकिनेछन् भने मित्रता नै दिगो लाभको संवाहक बन्न सक्छ । शुभचिन्तकहरू प्रशस्तै फेला पर्नेछन् । चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन् । धेरैले कामको तारिफ गर्नेछन् । पदीय जिम्मेवारी प्राप्त हुन सक्छ । मान(प्रतिष्ठा कमाउने बेला छ ।

मीन- दि, दु, थ, झ, ञ, दे, दो, च, चि
शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ । आफ्ना वस्तु तथा काममाथि अरूले नियन्त्रण गर्न सक्छन् । व्यवसाय र अध्ययनमा समय दिन नसकिएला । आर्थिक लाभ नहुने जिम्मेवारी वहन गर्नुपर्ला । तत्काल फाइदा नभए पनि सम्भावना पहिचान गर्न सकिनेछ । ठूला व्यक्तिहरूले साथ नदिए पनि साना भाइभहिनीको सहयोगले लाभ दिलाउनेछ ।

वि.सं. २०७७ साउन १३ मंगलवार इ.स. २०२० जुलाई
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

श्रावण शुक्लपक्ष. सप्तमी, यस्तो छ हेर्नुहोस् तपाईको आज (सोमबार) को राशिफल

वि.सं.२०७७ साउन १३ मंगलवार ०८:०७ मा प्रकाशित

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

काठमाडौं । राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड को सभाहल शनिबार...