back
CTIZAN AD

पार्टीले निर्णय फिर्ता नलिए सामूहिक राजिनामा दिने तनहुँ काँग्रेसका नेता तथा कार्यकर्ताद्वारा चेतावनी

वि.सं.२०७७ साउन १२ सोमवार

813 

shares

“तनहुँको काँग्रेस सङ्गठन बनाएको व्यक्तिलाई पार्टीबाटै निकाल्नु पार्टीकै केही नेताको स्वार्थ र पूर्वाग्रही भावना हो”, गिरीले भने, “पार्टी सङ्गठन ध्वस्त हुन्छ, यसको जिम्मा स्वयं पौडेलले लिनुपर्छ ।”

१२ साउन, काठमाडौँ । नेपाली काँग्रेसका पूर्वसहमहामन्त्री एवं पूर्वमन्त्री गोविन्दराज जोशी निकट तनहुँका नेता तथा कार्यकर्ताले पार्टीले गरेको निर्णय फिर्ता नभए सामूहिक राजिनामा दिने चेतावनी दिएका छन् ।

नेपाली काँग्रेस केन्द्रीय अनुशासन समितिले जोशीलाई कारवाही गरेपछि तनहुँमा आज पत्रकार सम्मेलनको आयोजना गरी जोशी निकट नेता तथा कार्यकर्ताले जोशीमाथिको कारवाही पूर्वाग्रही र अधिनायकवादी रहेको बताएका छन् ।

“गल्ती गरेको भए त्यही बेला कारवाही हुनुपर्दथ्र्यो, उहाँ त चुनावमा उम्मेदवार नै बन्न पाउनुभएन”, गिरीले भने, “महाधिवेशनको मुखमा आएर महाधिवेशनमा भाग लिनबाट वञ्चित गराउने खेल खेलियो ।”

बिपी विचार समाज गण्डकी प्रदेशका सचिव परशुराम गिरीले जोशीलाई गरिएको कारवाहीले भविष्यमा काँग्रेसलाई ठूलो क्षति पु¥याउने बताए । “तनहुँको काँग्रेस सङ्गठन बनाएको व्यक्तिलाई पार्टीबाटै निकाल्नु पार्टीकै केही नेताको स्वार्थ र पूर्वाग्रही भावना हो”, गिरीले भने, “पार्टी सङ्गठन ध्वस्त हुन्छ, यसको जिम्मा स्वयं पौडेलले लिनुपर्छ ।”

 बिपी विचार समाजका अध्यक्ष डिल्लीराम अधिकारीले काँग्रेस बनाउने नेता नै पार्टीमा नरहेपछि कार्यकर्ता पनि त्यो पार्टीमा बस्नुको औचित्य नहुने बताए ।

विसं २०७४ को प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दर्ता गराए पनि वरिष्ठ नेता रामचन्द्र पौडेलको उजुरीका आधारमा जोशीको उम्मेदवारी खारेज भएको अवस्थामा तीन वर्षपछि आएर कारवाही गरिनु पूर्वाग्रही भावना रहेको उनको आरोप छ । “गल्ती गरेको भए त्यही बेला कारवाही हुनुपर्दथ्र्यो, उहाँ त चुनावमा उम्मेदवार नै बन्न पाउनुभएन”, गिरीले भने, “महाधिवेशनको मुखमा आएर महाधिवेशनमा भाग लिनबाट वञ्चित गराउने खेल खेलियो ।”

बिपी विचार समाजका नेतृ चिनु पोखरेलले जोशीमाथिको गरिएको कारवाहीको घोर निन्दा गर्दै तत्काल उक्त निर्णय पार्टीले सच्याउनुपर्ने बताए । जोशीमाथिको कारवाही फिर्ता नभएका जोशी निकट सबै कार्यकर्ताले सामूहिक राजिनामा दिने पोखरेलले चेतावनी दिए । “काँग्रेसले अहिले सबै वडामा क्रियाशील सदस्यता नवीकरणका लागि पठाएको छ, जोशीमाथिको कारवाही फिर्ता नभए हामी क्रियाशील सदस्यता नवीकरण गर्दैनौँ, सामूहिक राजिनामा दिन्छौँ,” उनले भने । बिपी विचार समाजका अध्यक्ष डिल्लीराम अधिकारीले काँग्रेस बनाउने नेता नै पार्टीमा नरहेपछि कार्यकर्ता पनि त्यो पार्टीमा बस्नुको औचित्य नहुने बताए । (रासस)

तस्विर स्रोत : माधव पौडेल

वि.सं.२०७७ साउन १२ सोमवार १९:१२ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...