back
CTIZAN AD

अब यसरी सञ्चालन हुँदैछन् होटल क्षेत्रहरु

वि.सं.२०७७ साउन १२ सोमवार

648 

shares

होटल एशोसिएशन अफ नेपाल (हान) का प्रथम उपाध्यक्ष विनायक शाहले शुरुमा पूर्ण क्षमताको १० प्रतिशत मात्र होटल व्यवसाय सञ्चालन गरिने र क्रमशः अवस्था हेरेर क्षमता बढाउँदै लगिने बताए ।

१२ साउन, काठमाडौँ । बन्दाबन्दीपछिको पर्यटन क्षेत्रलाई चलायमान बनाउन पर्यटनका अन्य क्षेत्र जस्तै होटल क्षेत्रले पनि स्वास्थ्य सुरक्षा मापदण्डलाई पालना गर्दै सञ्चालनको तयारी तीव्र पारेको छ ।

बन्दाबन्दीको करिब चार महिना व्यवसाय प्रायः ठप्प भएको होटल व्यवसायलाई गतिशील तुल्याउन स्वास्थ्य सजकता र आवश्यक जनशक्ति परिचालन गरेर व्यवसाय शुरु गर्न लागिएको हो । सरकारले यही साउन १५ देखि होटल व्यवसाय सञ्चालनमा ल्याउने निर्णय गरेपछि व्यवसायीले अहिले पर्यटकस्तरीय होटलले आफ्नो तयारी गरिरहेका छन् । पाँचतारे होटललाई भने शुरुमा केही समस्या हुनसक्ने व्यवसायीको भनाइ छ ।

तीन तारेसम्मका होटल आन्तरिक पर्यटनले धान्न सकिने र अन्तर्राष्ट्रिय उडान खुलेसँगै विदेशी पर्यटक आउने आसमा व्यवसायीले सञ्चालनको पूर्वतयारी गरिरहेका हुन् । होटल एशोसिएशन अफ नेपाल (हान) का प्रथम उपाध्यक्ष विनायक शाहले शुरुमा पूर्ण क्षमताको १० प्रतिशत मात्र होटल व्यवसाय सञ्चालन गरिने र क्रमशः अवस्था हेरेर क्षमता बढाउँदै लगिने बताए ।

सरकारले बजेटमा घोषणा गरेअनुरुप ‘देश दर्शन’ कार्यक्रममार्फत आन्तरिक पर्यटन प्रवद्र्धन हुने ठम्याइका साथ हानले विभिन्न आकर्षक प्याकेज बनाउने योजना रहेको उनले सुनाए । विदेशी पर्यटकको आत्मविश्वास बढाउन विमानस्थलमा पिसीआर सेन्टर स्थापना गरेर चाडो रिपोर्ट लिन सकिन व्यवस्था मिलाउन सके उपयुक्त हुने व्यवसायीको अपेक्षा छ । साथै अनअराइभल प्रवेशाज्ञा जस्ता योजना ल्याउन सकेको खण्डमा पर्यटन व्यवसाय छिट्टै लयमा फर्कने उपाध्यक्ष शाहले बताए ।
होटल सञ्चालनको तयारी गरिए पनि शुरुआति चरणमा पर्यटक अभावले कठिनाइ हुने व्यवसायीको ठम्याइछ । आगामी भदौ १ गतेदेखि आन्तरिक तथा अन्तरराष्ट्रिय व्यावसायिक उडान शुरु हुने भएकाले होटल व्यवसाय क्रमशः सहज हुदैँ जाने उनीहरुको आँकलन छ । होटल व्यवसाय सञ्चालन शुरुआतिका एक सिफ्ट अर्थात् दैनिक आठ घण्टा मात्रै कमभन्दा कम कर्मचारीबाट सञ्चालन गरिनेछ । सामान्य अवस्थामा होटल तीन सिफ्टमा सञ्चालन हुन्थ्यो ।

कोभिड–१९ सङ्क्रमणबाट सुरक्षित सेवा सञ्चालनको सुनिश्चितताका लागि होटल व्यवसायीले सुरक्षा मापदण्डको अभ्यास गरिरहेका छन् । विश्व स्वास्थ्य सङ्गठन, नेपाल सरकार र होटलले बनाएको स्वास्थ्य प्रोटोकलका आधारमा सेवा सञ्चालन गरिने व्यवसायीले बताएका छन् । अबको १५ दिन आन्तरिक तयारीमा जुट्ने योजना बनाएका व्यवसायीले विदेशी पर्यटक नेपाल आउँदा शुरुमा स्वास्थ्य परीक्षण र क्वारेन्टिन कसरी र कति अवधि भन्नेबारे चाडो निर्णय गरेको खण्डमा व्यवसायीले तयारी गर्न सहज हुने उपाध्यक्ष शाहको भनाइ छ ।

कोभिडसँगै व्यवसाय अघि बढाउनुपर्ने बाध्यता रहेकाले पनि व्यवसायीले त्यसअनुरुपको तयारी गरेका हुन् । छिमेकी मुलुक भारत र चीनबाट अहिले पनि धेरै संख्यामा पर्यटक आउन चासो देखाइरहेका छन् । तर यसका लागि उडान सहज भएपछि पनि स्वास्थ्य सुरक्षा सुनिश्चितता चाहिन्छ । कतिपय मुलुकका पर्यटक नेपाल आउन बुभिङ गरिरहेका पनि व्यवसायीले जनाएका छन् । आगामी अक्टोबर महिनाबाट पर्यटन क्षेत्र चलायमान हुने अपेक्षासहित व्यवसायीले बुकिङ लिएको बताइएको छ । हानमा आबद्ध पर्यटकस्तरदेखि पाँचतारे गरी तीन हजारभन्दा बढी होटल छन् ।
सिबी अधिकारी(रासस)

 

वि.सं.२०७७ साउन १२ सोमवार १८:५१ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...