back
CTIZAN AD

नेपाल रेडक्रसमा नयाँ तदर्थ समिति गठन, अध्यक्षमा डा नेत्रप्रसाद तिमल्सिना

वि.सं.२०७७ साउन १३ मंगलवार

1.6K 

shares

१३ साउन, काठमाडौँ । सरकारले आर्थिक अनियमितता र निर्धारित समयमा अधिवेशन नगरेको सञ्जीव थापा नेतृत्वको नेपाल रेडक्रस सोसाइटीलाई भङ्ग गरी ३३ सदस्यीय नयाँ तदर्थ समिति गठन गरेको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको प्रस्तावअनुसार सोमबार बसेको मन्त्रिपरिषद् बैठकले थापा नेतृत्वको रेडक्रसको वर्तमान कार्यसमिति भङ्ग गरी डा नेत्रप्रसाद तिमल्सिनाको अध्यक्षतामा नयाँ तर्दथ समिति गठन गरेको हो । रेडक्रसमा भएको अध्ययन र छानविन समितिको प्रतिवेदनले आर्थिक अनियमितता गरेको भनी दोषी ठहर गरेपछि कारवाही स्वरुप पुरानो कार्यसमिति भङ्ग भएकोे हो । सरकारको स्वीकृतिबिना अर्बौ वैदेशिक अनुदान लिएर खर्च गरी संस्था नवीकरण नगरेको हुनाले पुरानो कार्य समिति विघटन भएको हो ।

समितिको उपाध्यक्षहरुमा डा विश्वकेशर मास्के, शर्मिला कार्की, महामन्त्रीमा पिताम्बर अर्याल, कोषाध्यक्षमा सीताराम कोइराला र उपकोषध्यक्षमा होमप्रसाद पाठक रहेका छन् । उपमहासचिव केन्द्रीय कार्यसमितिले तोक्ने गरी निर्णय भएको छ ।
समितिको सदस्यमा श्रीकृष्ण दाहाल, अरुण खनाल, तीर्थराज घिमिरे, लेखबहादुर हमाल, छेपाल दोर्जे लामा तामाङ, इन्द्रबहादुर गुरुङ, प्रताप विष्ट, कुमार थापा र बाबुराजा महर्जन रहेका छन् । त्यस्तै, शम्भुप्रसाद पोखरेल, शिवकुमार थापा, अशोक श्रेष्ठ, बाबुराम भट्टराई, उद्धवराज भट्टराई, चन्द्रकला कार्की, प्रदीप घिमिरे, नागेन्द्रप्रसाद चौधरी, उमेश थापा, लोकराज ढकाल, खेमराज केसी, दीपेन्द्र ढकाल, श्यामप्रसाद डोटेल, सुवोधकुमार सिंह, जीवन राना, महेन्द्र श्रेष्ठ, लोकदर्शन श्रेष्ठ र मोहन पोखरेल रहेका छन् । महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले अनुसन्धान र छानविन प्रतिवेदनका आधारमा नेपाल रेडक्रसमा भ्रष्टाचार देखिएपछि मन्त्रिपरिषद्मा कारवाहीको प्रस्ताव लगेका थिए ।

वि.सं.२०७७ साउन १३ मंगलवार २१:२४ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...