back
CTIZAN AD

रहेनन् खड्का र अधिकारी

वि.सं.२०७७ साउन १३ मंगलवार

816 

shares

१३ साउन, काठमाडौँ । नेपाली सेनाका तत्कालीन बलाध्यक्ष रथी कुलबहादुर खड्काको निधन भएको छ ।

आमाशय सम्बन्धी समस्याको उपचारका लागि थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना भएका पूर्वबलाध्यक्ष रथी खड्काको आज निधन भएको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए । स्व खड्काको आजै साँझ पशुपति आर्यघाटमा अन्त्यष्टि गरियो । उनीप्रति सेनाको एक टुकडीले सम्मानस्वरुप अन्तिम सलामी अर्पण गरेको थियो । पुख्र्यौली घर लम्जुङ भई सेनाका विभिन्न पदमा रही ३८ वर्ष सेवा पु¥याएका ६९ वर्षीय खड्काका श्रीमती, एक छोरा र एक छोरी छन् ।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले तत्कालीन प्रधानसेनापति रुक्माङगत कटुवाललाई बर्खास्त गरी खड्कालाई प्रधानसेनापति नियुक्त गरेको थियो । यद्यपी, उक्त निर्णय कार्यान्वयन भएन । बलाध्यक्ष खड्कालाई प्रधानसेनापति बनाउने निर्णयलाई तत्कालीन १८ राजनीतिक दलको आग्रहमा तत्कालीन राष्ट्रपति डा. रामबरण यादवले उल्टाएर प्रधानसेनापति कटुवाललाई पुर्नबहाली गरेका थिए ।

उक्त घटनापछि प्रधानमन्त्री पुष्पकमल दाहालले पदबाटै राजिनामा दिएका थिए । कटुवालको बर्खास्ती र खड्कालाई प्रधानसेनापति बनाउने निर्णयसगै तत्कालील राजनीतिक घटनाले अर्कै बाटो लियो । सेनापतिले तत्कालीन सरकारको आदेश पालना नगरेको जनाउँदै तत्कालीन सरकारले नागरिक सर्वोच्चताको विषय प्रखर ढङ्गबाट उठाएको थियो ।

यसैबीच वामपन्थी नेता गोविन्दकृष्ण अधिकारीको निधन भएको छ । उनको हृदयघातबाट मृत्यु भएको पारिवारले जानकारी दिएको छ ।

वि.सं.२०७७ साउन १३ मंगलवार २१:१७ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...