back
CTIZAN AD

बामदेव भेट्न ओली भैंसेपाटीमा, महासचिव पौडेल पनि साथमै

वि.सं.२०७७ साउन १३ मंगलवार

714 

shares

काठमाडौं । नेकपाभित्र विवाद चर्किरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओली उपाध्यक्ष बामदेव गौतमलाई भेट्न उनकै निवास भैंसैपाटी पुगेका छन् । ओली पार्टी महासचिव विष्णु पौडेललाई साथ लिएर भैंसेपाटी पुगेका हुन् ।

नेकपा स्रोतले जनाएअनुसार ओली गौतमलाई भेट्न साँझ ७ बजे गौतम निवास पुगेका थिए । जनाइएअनुसार अहिले उनीहरुका बीच छलफल सुरु भएको छ ।

मंगलबार प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओलीले अन्तिम समय एकतर्फी रुपमा स्थायी समिति बैठक स्थगित गराएसँगै नेकपाभित्रको विवादले चरमता लिएको छ । ओलीले स्थगित गराएपनि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल पक्षीय नेताहरुले बालुवाटारमै स्थायी समिति बैठक बसालेका थिए । झण्डै दुई तिहाई सदस्यहरुको उपस्थितिमा बैठक सम्पन्न भएको थियो ।

बैठक सम्पन्न भएसँगै पार्टीभित्र एक्लीएका ओलीले वामदेवको साथ खोज्न उनलाई भेट्न पुगेका हुन् ।

मंगलबार पार्टी विवाद चुलिएको सन्दर्भमा उपाध्यक्षसमेत रहेका नेता गौतमले विवाद समाधानको उपाय भन्दै ६ बुँदे प्रस्ताव अघि सारेका थिए । उनले अघि सारेको प्रस्तावमा पार्टी विग्रह रोक्न ओलीलाई ५ वर्ष नै प्रधानमन्त्री दिनुपर्ने प्रस्ताव गरेका थिए । सो प्रस्तावसँगै गौतम ओलीको क्याम्पमा पुगेको विश्लेषण हुन थालेको छ ।

वि.सं.२०७७ साउन १३ मंगलवार २०:५९ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...