back
CTIZAN AD

यस्तो छ हेर्नुहोस् नेपालमा साउन १३ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ साउन १३ मंगलवार

717 

shares

१३ साउन, काठमाण्डौं । नेपालमा मंगलबार ( १३ साउन) सम्म पिसीआर प्रविधिबाट ३ लाख ५२ हजार ३०७ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट ५ हजार ३२ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

त्यसैगरी हालसम्म देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ५,१२९जनाको उपचार भइरहेको छ । साथै हालसम्म भारत लगायत विभिन्न देश र एक जिल्लाबाट अर्को जिल्लामा पुगेर क्वारेन्टिनमा बस्नेहरुको संख्या १५ हजार ३७१ रहेको छ । यो संख्या दिनप्रतिदिन घटिरहेको छ ।

आज थपिएका ३११ जनासँगै नेपालमा हालसम्म संक्रमितको संख्या १९ हजार ६५ पुगेको छ भने आज १२१ जना निको भएर डिस्चार्ज भएसँगै नेपालमा हालसम्म १३ हजार ८७५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । साथै हालसम्म मृतकको संख्या ४४ पुगेको छ ।

आज काठमाण्डौंका ४८ जनासहित ३११ जनामा कोरोना संक्रमण
नेपालमा आज ३११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज सबैभन्दा बढी काठमाण्डौंमा ४८ जना, डोटीमा ४८ जना, कपिलवस्तु्मा ३४ जना, स्याङजामा १८ जना, कैलालीमा १८ जना, मोरङमा १७ जना, अछाममा १६, सप्तरीमा १५ जना र पर्सामा १४ जना संक्रमित भेटिएका छन् ।

त्यस्तै धनुषा ८ महोत्तरी ८, दाङ ६, नवलपरासीपूर्व ६, ललितपुर ५, बारा ५, सिन्धुपाल्चोक ४, बझाङ ३, झापा ३, बाँके ३, सुर्खेत ३, कास्की, लम्जुङ र रुपन्देहीमा २÷२ जना थपिएका छन् ।

आज काठमाण्डौंका ४८ जनासहित ३११ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १९ हजार नाघ्यो

त्यसैगरी दैलेख, दार्चुला, कन्चनपुर, नवलपरासी, रौतहट, मकवानपुर, ओखलढुंगा, इलाम, भक्तपुर, नुवाकोट, गोर्खा, रामेछाप, धनुषा र सर्लाहीका १\१ जना गरी जम्मा ३११ जनामा संक्रमण पुष्टि भएको छ । आज थपिएका ३११ जनासँगै नेपालमा कोरोना संक्रमितको सक्रिय संख्या ५१३९ पुगेको छ ।

कुन प्रदेशमा कति संक्रमित उपचाररत छन् त ?
प्रदेश १ मा २१७, प्रदेश २ मा १,९२२, बाग्मति प्रदेशमा ४६१, गण्डकी प्रदेशमा २६०, प्रदेश नं ५ मा ३९९, कर्णाली प्रदेशमा ३७९ र सुदूरपश्चिम प्रदेशमा १५०१ जना विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा उपचाररत छन् ।

आज १२१ जनाले कोरोना जितेर घर फर्किए
नेपालमा आज १२१ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न अस्पताल तथा आइसोलेशनमा उपचाररत १२१ जना संक्रमणबाट निको भएर घर फर्किएका हुन् ।
आज १२१ जना निको भएसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १३ हजार ८७५ पुगेको छ ।

कोरोनाबाट आजपनि १ जनाको मृत्यु भएको पुष्टि
कोरोना संक्रमणबाट आज पनि एकजनाको मृत्यु भएको पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बझाङ जिल्लाको बुंगल गाउँपालिका वडा नं ३ का ६५ वर्षीय पुरुषको साउन ९ गते घरमै मृत्यु भएको हो ।  दमको समस्या रहेका उनी भारतको बेंगोलरबाट असार २४ गते बझाङ पुगेका थिए । उनीसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।

काठमाण्डौं छिर्ने तीनवटा नाकामा यात्रुको कोरोना परीक्षण
सरकारले काठमाण्डौं उपत्यका छिर्ने चारवटा नाकामा यात्रुहरुको पिसीआर परीक्षण सुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ४ बजेसम्ममा फर्पिङ नाकाबाट ९५५, थानकोट नागढुंगा नाकाबाट २,९१४,साँगा नाकाबाट ९४४ गरी जम्मा ४,८१३ जना यात्रुबाट कोरोना संक्रमण भए नभएको परीक्षणका लागि श्वाव संकलन गरिएको छ ।  मन्त्रालयले त्यसको रिर्पोट प्राप्त भएपछि अविलम्ब जानकारी गराइने समेत जानकारी दिएको छ ।

नेपालमा हालसम्म १८,७५२ जनामा कोरोना संक्रमण, १३,७५४ जना निको, मृतकको संख्या ४८ पुग्यो

वि.सं.२०७७ साउन १३ मंगलवार १८:४६ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...