back
CTIZAN AD

नेपालमा हालसम्म १८,७५२ जनामा कोरोना संक्रमण, १३,७५४ जना निको, मृतकको संख्या ४८ पुग्यो

वि.सं.२०७७ साउन १२ सोमवार

780 

shares

१२ साउन, काठमाण्डौं नेपालमा सोमबार ( १२ साउन) सम्म पिसीआर प्रविधिबाट ३ लाख ४७ हजार २७५ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट ४,८१६ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

त्यसैगरी हालसम्म देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ४,९५० जनाको उपचार भइरहेको छ । साथै हालसम्म भारत लगायत विभिन्न देश र एक जिल्लाबाट अर्को जिल्लामा पुगेर क्वारेन्टिनमा बस्नेहरुको संख्या १६ हजार ३७९ रहेको छ । यो संख्या दिनप्रतिदिन घटिरहेको छ ।

आज थपिएका १३९ जनासँगै नेपालमा हालसम्म संक्रमितको संख्या १८ हजार ७५२ पुगेको छ भने आज निको भएर ६२६ डिस्चार्ज भएसँगै नेपालमा हालसम्म १३ हजार ७५४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । साथै हालसम्म मृतकको संख्या ४८ पुगेको छ ।

आज १३९ जनामा कोरोना संक्रमण भएको पुष्टि
नेपालमा आज १३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज सबैभन्दा बढी दैलेखमा २८ जना, पर्सामा २० जना, सप्तरीमा २१ जना तथा धनुषा र महोत्तरीमा १०÷१० जना संक्रमित भेटिएका छन् ।

त्यस्तै बैतडीमा ४, ललितपुर ३, काठमाण्डौंमा ३ कास्कीमा ३, सल्यानका २, र सिराहा, काभ्रे, बाँके, रुपन्देही, सुर्खेत र जना गरी आज जम्मा १३९ जनामा संक्रमण पुष्टि भएको छ ।

आज थपिएका १३९ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १८ हजार ७५२ पुगेको छ । कुल संक्रमितमा हालसम्म १३ हजार ७५४ जना संक्रमण मुक्त भइसकेका छन् । बाँकी संक्रमितको विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरमा उपचार भइरहेको पनि मन्त्रालयले जानकारी दिएको छ ।

कुन प्रदेशमा कति छन् त सक्रिय संक्रमित ?
प्रदेश १ मा १९५, प्रदेश २ मा १९११ बाग्मति प्रदेशमा ४०२ गण्डकी प्रदेशमा २४४ प्रदेश नं ५ मा ३५३ कर्णाली प्रदेशमा ३७५ र सुदूरपश्चिम प्रदेशमा १,७४० जनाको विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरमा उपचार भइरहेको मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा आज ६२६ जना कोरोना संक्रमणबाट मुक्त
नेपालमा आज ६२६ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न अस्पताल तथा आइसोलेशनमा उपचाररत ६२६ जना संक्रमणबाट निको भएर घर फर्किएका हुन् ।
आज ६२६ जनानिकोभएसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १३ हजार ७५४ पुगेको छ ।

हालसम्म कुन प्रदेशमा कति निको भए त ?
प्रदेश १ मा ७८९ प्रदेश २ मा २,९७२, बाग्मति प्रदेशमा ५१७, गण्डकी प्रदेशमा १२०४, प्रदेश नं ५ मा ३,९१०, कर्णाली प्रदेशमा १,६०८ र सुदूरपश्चिम प्रदेशमा २७५४ गरी जम्मा हालसम्म १३ हजार ७५४ जना निको भएका हुन् ।

यस्तो छ क्वारेन्टिनमा रहनेको विवरण
प्रदेश १ मा १८९९, प्रदेश २ मा २,१८० बाग्मति प्रदेशमा १,२०५, गण्डकी प्रदेशमा ३,४३६, प्रदेश नं ५ मा २,३०४ कर्णाली प्रदेशमा ८६३ र सुदूरपश्चिम प्रदेशमा ४,४८४ गरी जम्मा १६ हजार ३७१ जना विभिन्न क्वारेन्टिनमा रहेका छन् ।

कोरोना संक्रमणबाट आज तीनको मृत्यु, मृतकको संख्या ४८ पुग्यो
नेपालमा सोमबार एकैदिन ३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार आज पर्सानिवासी एक भारतीय नागरिक सहित धनुषा र बाराका गरी तीनजनाको मृत्यु भएको पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार आज पर्साको विरगन्ज महानगरपालिका वडा नं १० निवासी ६५ वर्षीय भारतीय नागरिकको आइतबार (साउन ११ गते) विहान मृत्यु भएको हो ।
मुटु तथा मधुमेहका समस्या भएका उनको गण्डक अस्थायी कोभिड १९ अस्पताल वीरगन्जमा उपचारका क्रममा कोरानाका कारण निधन भएको हो ।

त्यस्तै धनुषा सहिन नगरपालिका वडा नं ८ डुमरियाका ३६ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । ज्वरो तथा स्वास प्रस्वासमा समस्या भएपछि साउन १० गते प्रादेशिक अस्पताल जनकपुरको इमरजेन्सीमा उपचारका लागि पुगेका उनको आइसीयुमा राखेर उपचार गरिएको थियो । स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लैजादै गर्दा बाटोमै सोमबार (साउन १२ गते) मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।
त्यसैगरी बाराको फेटा गाउँपालिका वडा नं १ निवासी ६० वर्षीय पुरुषको पनि सोमबार (साउन १२ गते) कोरोना संक्रमणकै कारण मृत्यु भएको हो ।

त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारका क्रममा उनको मृत्यु भएको हो । उनमा निमोनिया, मष्तिष्कघात र मिर्गौलाको समस्या भएको मन्त्रालयले जानकारी दिएको छ ।

आज पुष्टि भएका ३ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ ।

हेर्नुहोस् यस्तो छ नेपालमा साउन ११ सम्मको कोरोना भाइरस अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ साउन १२ सोमवार १८:२९ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...